हिमपातले हुम्लाको नाम्खामा आवतजावत बन्द

Avatar
कर्णाली विजनेश हुम्ला - २ माघ २०७७, शुक्रबार

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ ।

लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी जाने अर्को कुनै विकल्प नभएपछि पाँच महिनाका लागि बन्द भएको हो । दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी उपत्यका लकडाउनमा परेको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

केही दिन अगाडिको हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको चार हजार ६०० मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकको बाटो बन्द भएको छ । यी दुवै बाटा अब आगामी जेठ महिनामा मात्रै खुल्ने छन् ।

पाँच महिनाका लागि बन्द भएपछि लिमी आउने जाने कार्य बन्द भएको छ । दुवै नाकामा चारदेखि पाँच फिटसम्म हिउँ जम्ने भएकाले लिमी जाने बाटो बन्द भएका हुन् ।

थप समाचार

कर्णाली सुपर मार्ट सञ्चालनमा

२ माघ २०७७, शुक्रबार
दैनिक उपभोग्य सामग्री बिक्रि वितरणका लागि कर्णाली सुपर मार्ट सञ्चालनमा ल्याइएको छ । झण्डै दुई करोडको लागतमा निर्माण गरिएको मार्ट माघे संक्रान्तिको अवसरमा शुक्रबारदेखि सञ्चालनमा आएको हो । मार्टमा दैनिक उपभोग्य सामाग्री देखि फ्रेस तथा फ्रोजन गरिएका सामग्री समेत बिक्रिवितरण गरिने मार्टका सञ्चालक तेजेन्द्र कार्कीले जानकारी दिए । बदलिदो समयक्रमअनुसार… <a href="http://karnalibusiness.com/?p=203">पूरा पढ्नुहोस् »</a>