सुर्खेतका २२ गाउँमा कृषि पकेट क्षेत्रको योजना

Avatar
कर्णाली विजनेश सुर्खेत - २ माघ २०७७, शुक्रबार

कृषि क्षेत्रको सुधारका लागि कर्णाली प्रदेश सरकारले विभिन्न २२ वटा गाउँलाई कृषि पकेट क्षेत्रका रुपमा विस्तार गर्न थालेको छ । जसका लागि तीन करोढ ८१ लाख ५० हजार रुपैयाँ खर्चिन लागिएको हो ।

यस अन्र्तगत प्याजदेखि मौरीपालन व्यवसायमा सहयोग जस्ता कार्यक्रमहरु रहेका छन् । कृषि विकास निर्देशनालय सुर्खेतले दिएको जानकारी अनुसार सुर्खेतको भेरीगंगा–४ हर्रे, गुर्भाकोटको मेहलकुना, पञ्चपुरी नगरपालिका, वीरेन्द्रनगर वडा नं. ३ र ९ लाई तरकारी उत्पादनको पकेट क्षेत्रका रुपमा विकास गरिने योजना छ ।

त्यस्तै छिन्चुलाई आलु उत्पादन क्षेत्र र बराहतालको तेलपानी क्षेत्रलाई आलुको बीउ उत्पादन क्षेत्रमा पकेट क्षेत्र बनाइने
छ । लेकवेशीको मंगले, आरनन्टुडा, गुर्भाकोटको मालारानी र सहारे क्षेत्रलाई प्याज उत्पादनका लागि पकेट क्षेत्र बनाइने
छ ।

त्यस्तै वीरेन्द्रनगरको वडा नम्बर १२ लाई मौरीपालन क्षेत्र, वडा नं. ३, १०, ११ र १२ लाई च्याउ उत्पादन क्षेत्र, चिङ्गाड र सिम्तालाई मकै उत्पादन क्षेत्र, बराहतालको ओदालताल, चौकुने गाउँपालिकाको वडा नं. ९ र १० लाई बदाम उत्पादन क्षेत्र, भेरीगंगाको सत्तरी र काल्पानीलाई केरा उत्पादनको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको हो ।

सिम्ता गाउँपालिकाको वडा नं. ५, ७ र ९, गुर्भाकोट नगरपालिकाको वडा नं. ९ लाई धान उत्पादन क्षेत्रका रुपमा विकास गरिने छ । सिम्ता गाउँपालिलाई अदुवा तथा बेसार उत्पादन क्षेत्रका रुपमा विकास गरिने छ । उल्लेखित क्षेत्रका विशेष पकेट क्षेत्रका रुपमा विकास गर्न टनेल निर्माण, सिँचाइ कुलो, उन्नत बीउ वितरण, प्राविधिक सल्लाह, चक्लाबन्दी र कृषक सामग्री वितरणका कार्यक्रम हुनेछन् ।

थप समाचार

चन्द्रागिरिको आइपिओ भर्नेलाई केबुलकारमा छुट

२ माघ २०७७, शुक्रबार
चन्द्रागिरि हिल्स लिमिटेडको ११औं वार्षिक सधारणसभा बुधबार चन्द्रागिरि हिल्स रिर्सोटमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारणसभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो। साधारणसभामा चन्द्रागिरि हिल्सले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने सबैलाई केबुलकार यात्रामा २५ प्रतिशत… <a href="http://karnalibusiness.com/?p=222">पूरा पढ्नुहोस् »</a>