चन्द्रागिरिको आइपिओ भर्नेलाई केबुलकारमा छुट

Avatar
कर्णाली विजनेश काठमाडौं - २ माघ २०७७, शुक्रबार

चन्द्रागिरि हिल्स लिमिटेडको ११औं वार्षिक सधारणसभा बुधबार चन्द्रागिरि हिल्स रिर्सोटमा सम्पन्न भएको छ।

कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारणसभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो।

साधारणसभामा चन्द्रागिरि हिल्सले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने सबैलाई केबुलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ।

कम्पनीको साधारण सेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनीमाथि देखाएको विश्वासप्रति अध्यक्ष ढकालले खुसी व्यक्त गरे। धेरैले सेयरका लागि आवेदन दिएकाले सबैलाई सेयर पर्ने सम्भावना न्यून रहेकाले सम्पूर्ण आवेदकहरूको सम्मानका लागि यो योजना सार्वजनिक गरिएको उनले बताए।

सर्वसाधारणका लागि खुला गरिएको सेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७ सय ४६ जनाले सेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्ने पनि कम्पनीले जनाएको छ। कम्पनीले उक्त योजना माघ ५ देखि एक वर्षसम्म मान्य हुने जनाएको छ। (आयोमेल)

थप समाचार

तेलको पाइपलाइन फोडेर हजारौं लिटर डिजेल चोरी

२ माघ २०७७, शुक्रबार
भारतको पटनाबाट नेपाल लगिएको इन्डियन आयल कर्पोरेसन (आइओसी) को पेट्रोलियम पाइपलाइन प्वाल पारेर हजारौं लिटर डिजेल चोरी भएको खुलासा भएको छ । पटना (सिवान–मोतिहारी) हुँदै नेपालको बारा अमलेखगन्जसम्म लगिएको पाइपलाइनमा सिवानको लकडी नविगन्ज खण्डको डुमारा गाउँमा पाइपलाइन प्वाल पारेर तेल चोरी गरिएको हो । आइओसीका अधिकारीले घटनाबारे जानकारी लिएका छन्।… <a href="http://karnalibusiness.com/?p=225">पूरा पढ्नुहोस् »</a>