तेलको पाइपलाइन फोडेर हजारौं लिटर डिजेल चोरी

Avatar
कर्णाली विजनेश काठमाडौं - ३ माघ २०७७, शनिबार

भारतको पटनाबाट नेपाल लगिएको इन्डियन आयल कर्पोरेसन (आइओसी) को पेट्रोलियम पाइपलाइन प्वाल पारेर हजारौं लिटर डिजेल चोरी भएको खुलासा भएको छ ।

पटना (सिवान–मोतिहारी) हुँदै नेपालको बारा अमलेखगन्जसम्म लगिएको पाइपलाइनमा सिवानको लकडी नविगन्ज खण्डको डुमारा गाउँमा पाइपलाइन प्वाल पारेर तेल चोरी गरिएको हो ।

आइओसीका अधिकारीले घटनाबारे जानकारी लिएका छन्। बिहारमा यसप्रकारको घटना पहिलोपटक भएको हो ।

अधिकारीहरूले घटनाबारे जिल्ला प्रशासनमा जानकारी गराइसकेका छन् । घटनामा संलग्नहरूलाई कारबाहीका लागि स्थानीय प्रहरीमा उजुरी गरिएको अधिकारीहरूले जनाएका छन् ।

जुन तरिकाले चोरहरूले पाइपलाइनमा क्षति पु¥याएका छन्, यसबाट सरकारलाई ठूलो नोक्सान हुने आशंका गरिएको छ । घटनाको प्रकृति हेर्दा चोरीलाई व्यापक बनाउने तयारी गरेको देख्न सकिन्छ ।

चोरले मेन पाइपलाइनमा अर्को पाइपलाइन जोडेको देख्न सकिन्छ । यसैको सहयोगमा उनीहरूले दिनहुँ हजारौं लिटर डिजेल चोरी गर्थे । जमिनको चार फिट मुनि गाडिएको मेन पाइपलाइनमा अर्को पाइप लाइन पनि सोही गहिराइमा गाडिएको पाइएको छ ।

जोडिएको पाइपलाइनबाट इन्धन नचुहियोस् भनेर थुप्रै लक लगाएको पाइएको छ ।

यो पेट्रोलियम पाइपलाइन मोदी सरकारको महत्वाकांक्षी परियोजनामध्येको एक हो । निर्माणको समय यसको अनुगमन सिधै प्रधानमन्त्रीबाट गरिन्थ्यो ।

यो दक्षिण एसियाको पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन हो । यस पाइपलाइनको शिलान्यास सन् २०१८ अप्रिल १० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए ।

शिलान्यास गरिएको करिब डेढ वर्षपछि २०१९ सेप्टेम्बर १० मा यसको उद्घाटन नयाँ दिल्लीबाट रिमोटको सहयोगमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र काठमाडौंबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । हाल यस पाइपलाइनबाट डिजेल आपूर्ति भइरहेको छ । (आयोमेल)

थप समाचार

कैलाशको अर्को रुप: महावु

३ माघ २०७७, शनिबार
परापूर्व कालमा महादेव र पार्वतीको कैलाश भनिने दैलेख जिल्लाकै अग्लो स्थान महावुलेकको पाटनमा अवस्थित महावुधाम सुन्दरताले भरिएको छ । कालिकोट र दैलेखको सिमा क्षेत्रमा अवस्थित धाममा प्रत्येक वर्ष जनै पूर्णीमाको दिनमा यहाँ भव्य मेलाको आयोजना गरिन्छ । समुद्र सतहदेखी ४ हजार २ सय मिटर उचाईंमा रहेको महावुधाममा कालिकोट जिल्लाका काफ्ले… <a href="http://karnalibusiness.com/?p=228">पूरा पढ्नुहोस् »</a>