जुम्लाको कनकासुन्दरीमा १५ शैयाको अस्पताल

Avatar
कर्णाली विजनेश जुम्ला - ३ माघ २०७७, शनिबार

जुम्लाको कनकासुन्दरीका गाउँपालिका ४ हाडसिंजामा १५ शैया अस्पतालको शिलान्यास भएको छ ।

संघीय सरकारको १ स्थानीय तह १ अस्पताल कार्यक्रम अन्तरगत कनकासुन्दरीमा १८ करोड ५० लाखको लागतमा निर्माण हुन लागेको अस्पतालको गाउँपालिका अध्यक्ष नरविर रावतले शिलान्यास गरेका हुन् ।

अस्पताल निर्माणका लागि २२ जना स्थानीयले ३५ सय वर्गमिटर जग्गा निशुल्क प्रदान गरेका छन् । गाउँमै अस्पताल निर्माण हुने भएपछि आफु मरेर गएपनि भावी पिँढीलाई सुविधा हुने सोचका साथ जग्गा उपलब्ध गराएको जग्गा दाताको भनाई छ ।

कनकासुन्दरी ४ का मयालाल सार्कीले भने, ‘सामान्य बिरामी हुँदा पनि सदरमुकाम जानुपर्छ । खाना बस्न, आउन जानमै औषधी उपचार भन्दा बढी खर्च हुन्थ्यो । गाउँमै अस्पताल हुनुपर्ने माग गरिरहेका थियौ । ढिलै भएपनि अस्पताल बन्ने थाहा पाएपछि खुसी लाग्यो ।’

अहिले कनकासुन्दरीमै अस्पताल निर्माण हुने कुराले मयालाल सार्की मात्र हैन त्यहाँका १४ हजार घरधुरी खुसी छन् । ढिलोमा अबको १–२ वर्षपछि कनकासुन्दरीका स्थानीयले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने छन् ।

पालिका अध्यक्ष नरविर रावतले भौगोलिक विकटताका कारण कनकासुन्दरीको पहिलो समस्या नै स्वास्थ्य सेवा रहेको बताए । स्वास्थ्य सेवामा पहुँच नपुगेका कनकासुन्दरीका १४ हजार घरधुरीले १–२ वर्षमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने अध्यक्ष रावतको भनाइ छ ।

संघीय सरकारले चालु आर्थिक वर्षमा ३ सय ९६ वटा स्थानीय तहमा अस्पताल निर्माण कार्य शुरू गरेको छ । जस अन्तरगत कर्णालीका ४१ स्थानीय तहमा ४२ वटा ५, १० र १५ शैयाका अस्पताल बन्दै छन् ।
(सागर परियार/रेडियो नेपाल)

थप समाचार

सल्यानको सुन्तला गाउँः पाँच करोड बढीको सुन्तला उत्पादन

३ माघ २०७७, शनिबार
सुन्तला गाउँको रुपमा चिनिएको जिल्लाको बागचौर नगरपालिका ८–९ का किसानले वार्षिक पाँच करोड बराबरको सुन्तला उत्पादन गर्दै आइरहेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानहरुले बताएका छन् । दाना लाग्ने सयममा वर्षा भएका कारण सुन्तला उत्पादनमा गिरावट आएको किसानहरुको भनाई रहेको छ । विश्वभर फैलिएको… <a href="http://karnalibusiness.com/?p=256">पूरा पढ्नुहोस् »</a>