सल्यानको सुन्तला गाउँः पाँच करोड बढीको सुन्तला उत्पादन

Avatar
कर्णाली विजनेश सल्यान - ३ माघ २०७७, शनिबार

सुन्तला गाउँको रुपमा चिनिएको जिल्लाको बागचौर नगरपालिका ८–९ का किसानले वार्षिक पाँच करोड बराबरको सुन्तला उत्पादन गर्दै आइरहेका छन् ।

यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानहरुले बताएका छन् । दाना लाग्ने सयममा वर्षा भएका कारण सुन्तला उत्पादनमा गिरावट आएको किसानहरुको भनाई रहेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस रोगका कारण व्यापारीहरु बगैचामा आउन हिच्किचाएको बागचौर नगरपालिका–९ का किसान अंगेश्वर डाँगीले बताए । विगत २८ वर्षदेखि व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका डाँगीले कोटमौलाबाट मात्र वार्षिक ५ करोडभन्दा बढीको सुन्तला उत्पादन हुँदै आइरहेको बताए ।

कोटमौलाका मात्रै झन्डै पाँच सय किसानहरुको प्रमुख खेतीको रुपमा सुन्तला खेती रहेको छ । कोटमौलाका किसानले सुन्तला बिक्रीबाट वार्षिक ५ लाखदेखि ३० लाख रुपैयाँसम्म कमाउने गरेको रेशम डाँगीले बताए । ३५ रोपनी क्षेत्रफलमा करिब पाँच सय बोट लगाएका रेशमले गत वर्ष मात्र ९ लाख आम्दानी गरेका थिए यो वर्ष पनि कोरोना र उत्पादन नै कम भएकाले केही घट्ने उनले बताए ।

यस्तै गत वर्ष ३४ लाख सुन्तला बिक्री गरेका भरतनाथ योगीले यो वर्ष भने उत्पादनमा कमी आउने बताए । व्यापारीहरु अहिलेसम्म नआएको र सुन्तलाको आकार पनि सानो भएकाले गर्त वर्षको तुलनामा कमी आउने उनले बताए ।

सल्यानमा १ हजार ५ सय २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुदैँ आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । हाल ९ सय ८० हेक्टरमा सुन्तला उत्पादन भइरहेको कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए ।
(दीपक शर्मा/रेडियो नेपाल)

थप समाचार

बसपार्क सञ्चालनमा सहमति नहुँदा जुम्लामा अनिश्चितकालीन यातायात बन्द

३ माघ २०७७, शनिबार
चन्दननाथ नगरपालिका र यातायात व्यवसायीबीच बसपार्क सञ्चालनसम्बन्धी कुरा नमिल्दा अनिश्चितकालीन यातायात बन्द भएको छ । आफूहरुको मागप्रति नगरपालिकाले बेवास्ता गरेको भन्दै व्यवसायीले यातायात बन्द गराएका हुन् । चन्दननाथ नगरपालिकाले एकतर्फी रुपमा कर निर्धारण गरी बसपार्क सञ्चालन गर्न लागेको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका थिए । उनीहरुले बसपार्कमा लगाइएको चर्को शुल्क घटाउन… <a href="http://karnalibusiness.com/?p=259">पूरा पढ्नुहोस् »</a>