सुनको मुल्यः तोलामा ७ सय घट्यो

Avatar
कर्णाली विजनेश काठमाडौं - ४ माघ २०७७, आईतवार

आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । तोलामा नै ७ सय रुपैयाँले घटेर साताको पहिलो दिनको कारोवार सुरु भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोवार भएको छ । छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो। यस्तै तेजाबी सुन शुक्रबारका तुलनामा तोलामा नै ७ सय रुपैयाँले घटेको छ ।

९२ हजार रुपैयाँमा शुक्रबार कारोवार भएको तेजाबी सुन आइतबार तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोवार भएको छ । यस्तै चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । एक हजार २६० रुपैयाँमा शुक्रबार कारोवार भएको चाँदी आइतबार भने एक हजार २३० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

थप समाचार

चीनबाट आईपुग्यो ट्राउट माछाका अण्डा

४ माघ २०७७, आईतवार
तथ्यांक अनुसार सबैभन्दा बढी रसुवा र नुवाकोटमा खपत हुने गरेको छ । त्यसैगरी लमजुङ, मकवानपुर, काठमाडौं, सिन्धुपाल्चोक, कास्की, पर्वत, गुल्मी, खोटाङ, धादिङ, ललितपुर, ताप्लेजुङ, मुगु, सोलुखुम्बु, रुकुम पश्चिममा समेत पठाउने गरेको छ ।