६० वटा केन्द्रबाट २५ हजार बढी नागरिकलाई खोप लगाइने

Avatar
कर्णाली विजनेश सुर्खेत - २० फाल्गुन २०७७, बिहीबार

सुर्खेतमा करिव २५ हजार भन्दा बढीको संख्यामा नागरिकलाई कोभिड–१९ विरुद्वको ‘कोभिडशिल्ड’ खोप लगाउने तयारी थालिएको छ ।

पहिलो चरण अन्र्तगत सात हजार चार सय ७५ जना समक्ष खोप पु¥र्याएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले फागुन महिना भित्र २४ हजार नौँ सय ७६ जनामा खोप पु¥र्याउने लक्ष्य लिएको छ ।

अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका व्यक्तिहरुलाई खोप लगाईसकिएकाले दोस्रो चरण अन्र्तगत जोखिम प्राथमिकताका आधारमा ६५ वर्ष माथीका जेष्ठ नागरिकहरुलाई खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

खोप अभियानका वारेमा जानकारी दिदै जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्ले ।

सुर्खेतका विभिन्न स्थानीय तहमा एकैसाथ खोप अभियान सञ्चालन हुनेछन् । सुर्खेतका वीरेन्द्रनगर नगरपालिका, लेकवेशी नगरपालिका, भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिका र चिंगाड गाउँपालिकामा फागुन २३ देखि २५ गतेसम्म खोप अभियान सञ्चालन हुनेछन् ।

यसैगरी चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा फागुन २६ देखि २८ गतेसम्म खोप अभियान सञ्चालन हुने वाग्लेले जानकारी दिए ।

सुर्खेत जिल्लाभर रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरु मार्फत ‘कोभिड शिल्ड’ खोप लगाउने तयारी छ । यसका लागि जिल्लाभर ६० वटा स्थान छनौट गरिएको छ ।

खोप अभियानका लागि जनस्वास्थ्य सेवा कार्यालयले दुई सय ५६ जना भन्दा धेरै स्वास्थ्यकर्मी परिचालित गर्देछ । यसका साथै ६ सय जनाको संख्यामा स्वयंम्सेवकहरु परिचालित हुनेछन् । खोप केन्द्रहरुमा हुनसक्ने आकस्मिक घटनाहरुमा सहजता, समन्वयका लागि चिकित्सक सहित चार वटा टोलीलाई समेत परिचालन गरिने वाग्लेले जानकारी दिए ।

उमेर खुल्ने कागजपत्रका साथ आफु अनुकुल नजिकका खोपकेन्द्रहरुमा उपस्थित भई कोभिड–१९ विरुद्वको खोप लगाउन वाग्लेले अनुरोध गरे ।

थप समाचार

३६ वटा सिँचाइ कुलोको निर्माण सम्पन्न

२० फाल्गुन २०७७, बिहीबार
कृषि विकास कार्यालयबाट २६ वटा र खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयबाट १० वटा गरी कुल ३६ वटा सिँचाइ कुलो निर्माण भएका छन् ।