बुर्नी अदुवाले बढायो आम्दानी

Avatar
कर्णाली विजनेश सल्यान - ३ चैत्र २०७७, मंगलवार

सल्यानबाट चालु आर्थिक वर्ष २०७७/२०७८ मा ४ करोडको बुर्नी अदुवा निकासी भएको छ ।

कृषि विकास कार्यालयका अनुसार जिल्लामा ८ सय २५ मेट्रिक टन बुर्नी अदुवा उत्पादन भएको छ ।

बेमौसमी उत्पादन भएकाले किसानहरूले बुर्नी अदुवाको राम्रो मूल्य पाएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए ।

उत्पादित अदुवा मध्ये ५ मेटिक्टन अदुवा जिल्ला भित्र नै खपत हुने गरेको छ भने बाँकी ८ सय २० मेटिक्टन बुर्नी जिल्ला बाहिर निकासी भएको बस्नेतको भनाई छ ।

जसबाट जिल्लामा ४ करोड १ लाख रुपैयाँ भित्रिएको छ । बुर्नी बेमौसममा निकालिने भएकाले किसानले राम्रो मूल्य पाउने गरेको बस्नेतले बताए ।

विगतका वर्षझैँ व्यावसायिक रुपमा अदुवा खेती गर्ने किसानहरूको संख्यामा कमी भएको र अदुवाले उचित मूल्य नपाउँदा किसानहरूले व्यावसायिक खेती गर्न आकर्षित हुन नसकेको कार्यालयले जनाएको छ ।

सल्यानमा गत आर्थिक वर्षमा १ हजार ७ सय २० हेक्टर क्षेत्रफलमा अदुवा खेतीबाट २५ हजार ८ सय मेट्रिक टन उत्पादन भएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण जोन कार्यक्रम तथा कृषि विकास कार्यालयकै विभिन्न ब्लक कार्यक्रममार्फत अदुवा खेतीतर्फ किसानहरूलाई आरक्षित गर्ने कार्यक्रम गरी रहेता पनि मूल्यको उचारचडावका कारण किसान निरुत्साहित हुँदै गइरहेका छन् । (दीपक शर्मा/रेडियो नेपाल)

थप समाचार

स्याउ किसानलाई घरदैलामै क्षतिपूर्ति रकम

३ चैत्र २०७७, मंगलवार
मौसमी स्याउ असिना र सुक्खा खडेरीले क्षति पुर्‍याएका तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोरेका किसानले बिमा रकम पाउँदा राहत महसुश गरेका छन् । गत वर्ष वैशाखदेखि चैत १५ सम्म किसानले बिमा गराएका थिए ।