सल्यानका स्थानीय पालिकामै अक्सिजन सहितको आइसोलेसन

Avatar
कर्णाली विजनेश सल्यान - २१ बैशाख २०७८, मंगलवार

कोरोना संक्रमितहरूको उपचारका लागि सल्यानका स्थानीय पालिकाहरूले अक्सिजन सहितको आइसोलेसन निमार्ण गर्न थालेका छन् । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि जोखिम बढ्न सक्ने भन्दै जिल्लाका पालिकाहरूले अक्सिजन सहितको आइसोलेसन निर्माण थालेका हुन् ।

जिल्लाको नलगाड कुपिण्डे नगरपालिका, छत्रेश्वरी, कपुरकोट र सिद्ध कुमाख गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन निमार्ण गरेका छन् । नगाड कुपिण्डे नगरपालिकाले अक्सिजन सहितको ५ र नर्मल १० गरी १५ , छत्रेश्वरीले १०, सिद्ध कुमाख अक्सिजन सहितको ११ र नर्मल १२ गरी २३ र कपुरकोट गाउँपालिकाले अक्सिजन सहितको ५ र नर्मल २५ गरी ३० शैयाको आइसोलेसन निर्माण गरेका छन् ।

निर्माण गरिएको आइसोलेसनमा मेडिकल अधिकृत सहितले टोलीले स्वास्थ्य सेवा दिने छत्रेश्वरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रकाश दाहालले जानकारी दिए । अहिले तत्काल १० बेडको निमार्ण गरिए पनि बिरामीको चापका धारण बढाउँदै लैजाने योजना रहेको उनको भनाई छ ।

गाउँपालिका भित्रका अति जटिल कोभिड–१९ का बिरामीलाई उपचार कक्षमा राखी उपचार गरिने छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले जानकारी दिए । सामान्य बिरामी भन्दा पनि अक्सिजन दिनुपर्ने बिरामीहरूको उपचारका लागि अक्सिजन सहितको आइसोलेसन निमार्ण गरिएको उनको भनाई छ ।

अन्य स्थानका अस्पतालहरूमा बेडको अभाव हुन थालेपछि नगरपालिकाले अक्सिजन खरिद गरी आइसोलेसन निमार्ण गरेको नगाड कुपिण्डे नगरपालिकाका शाखा शाखा संयोजक वासुदेव पोख्रेलले जानकारी दिए । नगरपालिकामा कोरोना पोजेटिभको सख्या बढ्दै गएको र उपचारका लागि समस्या हुन थालेपछि तत्काल १५ बेडको आइसोलेसन निमार्ण गरिएको उनको भनाई छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै ५ बेडको अक्सिजन र २५ बेडको नर्मल गरी ३० बेडको आइसोलेसन निमार्ण गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष भीम बहादुर सेनले जानकारी दिए ।

जिल्ला अस्पताल सल्यानमा अहिले १६ बेडको आइसोलेसन रहेको छ । जसमा १३ बेडमा बिरामी रहेका छन् । (दीपक शर्मा/रेडियो नेपाल)

थप समाचार

आन्तरिक उडान बन्द

२१ बैशाख २०७८, मंगलवार
आज (मंगलबार)देखि सबै आन्तरिक उडानहरु पनि बन्द भएका छन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सम्भावित जोखिमलाई कम गर्न आजदेखि सबै आन्तरिक उडानहरु पनि बन्द गरिएका हुन् । आइतवार बसेको मन्त्रिपरिषद बैठकले सोमबार मध्यरातिदेखि लागू हुने गरी सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो । यस्तै आउँदो बिहीबारदेखि भारतबाहेक… <a href="http://karnalibusiness.com/?p=479">पूरा पढ्नुहोस् »</a>