आन्तरिक उडान बन्द

Avatar
कर्णाली विजनेश सुर्खेत - २१ बैशाख २०७८, मंगलवार

आज (मंगलबार)देखि सबै आन्तरिक उडानहरु पनि बन्द भएका छन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सम्भावित जोखिमलाई कम गर्न आजदेखि सबै आन्तरिक उडानहरु पनि बन्द गरिएका हुन् ।

आइतवार बसेको मन्त्रिपरिषद बैठकले सोमबार मध्यरातिदेखि लागू हुने गरी सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो । यस्तै आउँदो बिहीबारदेखि भारतबाहेक अरु सबै अन्तर्राष्ट्रिय उडान बन्द हुनेछन् ।

सरकारले नेपाल–भारतबीच एयर बलमा आधारित उडान भने कायम नै राखेको छ । भारतसँगको उडान संख्या घटाइएको छ भने ती उडानबाट नेपाल आउँदा अनिवार्य १० दिन सरकारले तोकेको क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

थप समाचार

जुम्लामा खाद्यान्न अभाव

२१ बैशाख २०७८, मंगलवार
‘जुम्लाको खाद्य व्यापार कम्पनीमा पनि चामल अभाव हुन थालेको छ । अहिले गोदाममा आठ सय ८० क्विन्टल चामल मात्रै मौज्दात छ । यो चामल बिक्री गरिए दुई दिनमै सकिन्छ । अब गोदाममा ताला लगाउनुको विकल्प छैन ।’