चीनबाट चार सय खाली सिलिन्डर ल्याइँदै

Avatar
कर्णाली विजनेश काठमाडौं - २५ बैशाख २०७८, शनिबार

सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ ।

उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याउन थालेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

सिलिन्डर ल्याउनका लागि यही वैशाख २७ गते नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको हो । बीस हजारमध्ये दुई हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ ।

नेपाल सरकारको अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिन्डर ल्याउन थालेको हो । नेपालमा अहिले अक्सिजन सिलिन्डरको सङ्ख्या छ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ ।

थप समाचार

कोरोना अस्पताललाई अक्सिजन सिलण्डर सहयोग

२५ बैशाख २०७८, शनिबार
वीरेन्द्रनगर नगरपालिकाले सञ्चालननमा ल्याएको कोरोना अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । सुर्खेत कोभिड–१९ सेल्फ हेल्प समुहले उक्त अस्पताललाई १० थान अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको हो । समुहका संयोजक तथा पत्रकार सुदिप पुरीले भने, ‘दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ । यस अवस्थामा अस्पतालमा उपलब्ध अक्सिजनका सिलिण्डरहरुले माग थेग्न… <a href="http://karnalibusiness.com/?p=497">पूरा पढ्नुहोस् »</a>