कोरोना अस्पताललाई अक्सिजन सिलण्डर सहयोग

Avatar
कर्णाली विजनेश सुर्खेत - २५ बैशाख २०७८, शनिबार

वीरेन्द्रनगर नगरपालिकाले सञ्चालननमा ल्याएको कोरोना अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ ।

सुर्खेत कोभिड–१९ सेल्फ हेल्प समुहले उक्त अस्पताललाई १० थान अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको हो ।

कोरोना अस्पताल ल्याई–पुर्याइएका अक्सिजन सिलिण्डरका साथमा सुर्खेत कोभिड–१९ सेल्फ हेल्प समुहका संयोजक सुदिप पुरी (वायाँ) लगायत समुहका सदस्य धर्मराज आचार्य (दायाँ)।

समुहका संयोजक तथा पत्रकार सुदिप पुरीले भने, ‘दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ । यस अवस्थामा अस्पतालमा उपलब्ध अक्सिजनका सिलिण्डरहरुले माग थेग्न सक्ने अवस्था देखिदैन त्यसैले अस्पताललाई सहयोग गरेका हौँ ।’

कोरोना महामारी फैलिएपछि वीरेन्द्रनगर नगरपालिकाले २५ शैयाको आफ्नै अस्पताल सञ्चालन गरेको हो । गत बर्षको कोरोना महामारीमै आफ्नै नगर अस्पताल सञ्चालनमा ल्याएको वीरेन्द्रनगरले त्यही अस्पताललाई तत्कालका लागि कोरोना अस्पतालको रुपमा संचालनमा ल्याएको हो ।

हाल २५ शैया रहेको यो अस्पतालमा अक्सिजनसहितका बेड रहेका छन् । हात २५ बेडबाट सुरु गरिएको आइसोलेसनमा संक्रमितहरु बढ्दै गएमा ५० शैया बनाउने लक्ष्य छ ।

थप समाचार

सुर्खेतमा ५२९ संक्रमित थपिए

२५ बैशाख २०७८, शनिबार
जसमध्य ५० जना आईसियु र ११ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।