सुर्खेतमा ५२९ संक्रमित थपिए

Avatar
कर्णाली विजनेश सुर्खेत - २५ बैशाख २०७८, शनिबार

सुर्खेतमा कोरोना भाईरस (कोभिड–१९) संक्रमितहरुको संख्या बढ्दो क्रममा छ ।

जिल्लाका विभिन्न स्वास्थ्यसंस्थानहरु मार्फत गरिएको पिसिआर परिक्षणबाट आज (शनिबार) मात्रै सुर्खेतमा पाँच सय २९ जना नयाँ संक्रमित पुष्टी भएका हुन् ।

योसँगै जिल्लामा सक्रिय संक्रमितहरुको संख्या दुई हजार एक सय ४४ जना पुगेको छ ।

जसमध्य ५० जना आईसियु र ११ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

संक्रमणका कारण जिल्लामा शनिबार दुई जनाको मृत्यु भएको छ ।