मोटरहेड ब्रान्डको शाखा बालाजुमा

Avatar
कर्णाली विजनेश काठमाडौं - २८ मंसिर २०७७, आईतवार

मोटरहेड ब्रान्डका मोटरसाइकल तथा स्पेयर पार्ट्स अब बालाजुमा पनि उपलब्ध हुने भएको छ ।

मोटरहेड ब्रान्ड आधिकारीक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले पहुँच र सेवा विस्तारका लागि बालाजुमा शाखा खोलेको हो ।

उक्त शाखामा बाइक र पार्ट्स बिक्री, स्पेयर र सर्भिसिङको पनि सुविधा प्रधान गरिएको छ । अत्याधुनिक प्रविधिसहित सभिर्सिङका लागि कुशल जनशक्ति पनि परिचालन गरिएको प्रालिले जानकारी दिएको छ ।

अटोमोबाइल क्षेत्रमा छोटो समयमै आफ्नो सवल व्यवस्थापनले ब्राण्डलाई स्थापित गर्न सकेको एसएलआर टेक्नोले ललितपुर र भक्तपुरपछि ग्राहकको सहजताका लागि यो तेस्रो शाखा खोलेको जनाएको छ ।

हाल यो ब्रान्डको उपस्थिति धोबिघाट, बालाजु, टेकु, मित्रपार्क, चाबहिल र भक्तपुर गरी पाँच ठाउँमा छ भने उपत्यका बाहिर पोखरा, बाग्लुङ, चितवन, दाङ, नेपालगन्ज, सुर्खेत, इटहरी, वीरगन्जमा छ ।

कम्पनीले आफ्नो बालाजुस्थित शाखा उद्घाटनमा विशेष अफरस्वरूप स्पेयर पार्ट्समा १० प्रतिशत, मजदुर ज्यालामा ५० प्रतिशत छुट तथा निःशुल्क बाइक वासिङ तथा बाइक खरिद गर्दा १५ हजार छुटको व्यवस्था गरेको छ । (आयोमेल)

 

थप समाचार

दुई वर्षपछि माथिल्लो डोल्पामा खाद्यान्न ढुवानी

२८ मंसिर २०७७, आईतवार
माथिल्लो डोल्पामा झण्डै दुई वर्षपछि चामल ढुवानी सुरु भएको छ । सुर्खेतबाट माथिल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि ३ हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको हो । सुर्खेतबाट सदरमुकाम दुनै हुँदै ती पालिकामा चामल ढुवानी भइरहेको छ । ३ हजार ७४ क्विन्टलमध्ये ४ सय ४० क्विन्टल चामल दुनै… <a href="https://karnalibusiness.com/?p=123">पूरा पढ्नुहोस् »</a>