बन्दुक र अखेटोपहारसहित एक पक्राउ

Avatar
कर्णाली विजनेश रुकुम (पश्चिम) - २ माघ २०७७, शुक्रबार

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट बन्दुक र वन्यजन्तुको अखेटोपहारसहित एकजना पक्राउ परेका छन् ।

निकुञ्जको चोरी सिकारी नियन्त्रण इकाइले निकुञ्जको निगालगैराबाट एक नाल भरुवा बन्दुक, त्यसमा लाग्ने १९ वटा गोली, एक बट्टाको साथमा अखेटोपहारसहित लक्ष्मीचन्द्र शाहीलाई पक्राउ गरेको हो ।

डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट पक्राउ गरिएका व्यक्तिबाट बरामद हतियार तथा अरु सामग्री । तस्बिर सौजन्यः शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज

शाही त्रिपुरासुन्दरी नगरपालिका–६ का स्थानीयबासी हुन् । पक्राउ परेका शाहीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ । चोरीसिकारी भइरहेको भन्ने सूचनाको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।

निकुञ्जले केही समयअघि मात्रै ३७ थान भरुवा बन्दुक, कटुवा पेस्तोल तथा इन्सास राइफलका गोलीहरु समेत बरामद गरेको थियो ।

भौगोलिक विकटता, निकुञ्जमा जनशक्तिको अपुगताको साथै चिसो मौसमको फाइदा उठाउँदै चारीसिकारीमा संलग्नहरु सक्रिय भएको उनले बताए । (कान्तिपुर)

थप समाचार

दुर्गन्धले गुम्सिदै सिटी बसपार्क

२ माघ २०७७, शुक्रबार
‘सटर निकै सानो छ, भित्र १० जना पनि अट्न मुस्किल छ, भान्सा पनि बाहिरै छ,’ एक होटल व्यवसायीले भनिन्, ‘पानी परेपछि पकाउन मिल्दैन, न फोहोर व्यवस्थापन गर्ने ठाउँ छ न ढल ।’