कैलाशको अर्को रुप: महावु

Avatar
कर्णाली विजनेश दैलेख - ३ माघ २०७७, शनिबार

परापूर्व कालमा महादेव र पार्वतीको कैलाश भनिने दैलेख जिल्लाकै अग्लो स्थान महावुलेकको पाटनमा अवस्थित महावुधाम सुन्दरताले भरिएको छ ।

कालिकोट र दैलेखको सिमा क्षेत्रमा अवस्थित धाममा प्रत्येक वर्ष जनै पूर्णीमाको दिनमा यहाँ भव्य मेलाको आयोजना गरिन्छ ।

समुद्र सतहदेखी ४ हजार २ सय मिटर उचाईंमा रहेको महावुधाममा कालिकोट जिल्लाका काफ्ले कुलका एक जना र दैलेख जिल्लाका आचार्य कुलका एक जना गरेर दुईजना पूजारीले पूजा गर्ने परम्परा रही आएको स्थानीय हर्क अधिकारीले जानकारी दिए ।

धाममा भक्तजनहरु मागेको मनोकामना पूराहुने विश्वासका साथ यहाँ भेला हुने गर्छन् ।

दैलेख भुर्तिका आचार्य ब्राह्मण कुलका एकजना लाटो गोठालाले महावुधाममा ढुङ्गाबाट उत्पन्न भएको शिवलिङ्ग भेटाएको भन्ने पौराणिक भनाई रहेको छ ।

शिवलिङ्ग भेटीएको वारेमा अन्य कसैलाई नभनी नियमित पुजाआज गरेपछि उनि बोल्नसक्ने भएको धार्मिक मान्यता रही आएको छ ।

धाममा शिवलिङ्ग उत्पती भएको स्वरुप अहिले पनि देख्न सकिन्छ ।

(तस्विर सौजन्यः रोमनमणी आरसी)

थप समाचार

वीरेन्द्रनगरको झिलिमिली

३ माघ २०७७, शनिबार
वीरेन्द्रनगरको झिलिमिली: वीरेन्द्रनगर नगरपालिका अन्र्तगत सिद्वपाइलबाट देखिने उपत्यका क्षेत्र । (तस्विर सौजन्यः डा. नवराज केसी)