माघ अन्तिममा साहसिक खेलको तयारी

Avatar
कर्णाली विजनेश सुर्खेत - ३ माघ २०७७, शनिबार

खेलकुदमार्फत पर्यटन क्षेत्रको प्रचार प्रसार गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ कर्णाली प्रदेशमा साहसिक पर्यटकीय खेल सञ्चालन गरिने भएको छ । माघको अन्तिम सातातिर उक्त खेल सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयले तयारीसमेत थालेको छ ।

¥याफ्टिङलाई साहसिक खेलका रुपमा समेत विकास गर्न उक्त खेल सञ्चालन गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘कर्णाली प्रदेशका विभिन्न नदीमा साहसिक खेल ¥याफ्टिङको सम्भावना छ,’ सामाजिक विकास मन्त्रालयअन्र्तगतको युवा तथा खेलकुद महाशाखाका उपसचिव जवाहरलाल हमालले भने, ‘यो खेलबाट त्यस्ता सम्भावनालाई प्रचारसमेत गर्छाैं ।’ जसले कर्णालीको साहसिक खेलकुदमा आकर्षण बढ्ने अपेक्षा राखिएको छ ।

गत वर्षहरुमा पनि यस्ता खेलका लागि रकम विनियोजन गरिए पनि खेल सञ्चालन हुन सकेका थिएनन् । यहाँ नदी आसपास बस्ने राजी समुदायलाई समेत यसमा सहभागी गराएर रोजगारी सिर्जना गर्ने उनको भनाइ छ । यस खेलका लागि आठ लाख रूपैयाँ विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने एक प्रमुख गन्तव्य साहसिक खेल पनि भएकाले यस्ताखाले खेलकुदले महत्वपूर्ण योगदान पु¥याउने पर्यटन व्यवसायीहरुको भनाइ छ ।

यस्ता साहसिक खेलले पर्यटकलाई लोभ्याइरहेका उनीहरु बताउँछन् । साहसिक खेलमा रमाउनेहरूका लागि ¥याफ्टिङले पनि नेपालमा आन्तरिक तथा बाह्य पर्यटकको मन जितेको छ । ¥याफ्टिङ हावा भरेर चलाउन मिल्ने डुङ्गा प्रयोग गरेर पानीको बहावसँगै बग्दै गरिने जलयात्रा हो ।

¥याफ्टिङका लागि अहिलेसम्म नेपालका १६ वटा नदी खुला गरिएका छन् । सुनकोशी, मर्स्याङदी, भोटेकोशी, त्रिशूली, कर्णाली, सेती, भेरी, राप्ती, कालीगण्डकी, सेतीलगायत नदीमा ¥याफ्टिङको मजा लिन सकिन्छ । पर्यटकको रोजाइअनुसार फरक फरक प्याकेजमा फरक फरक दर यो खेलमा कायम गरिएको हुन्छ । (नागरिक)

थप समाचार

व्यापारको ऋण तिर्न ज्यालादारी काममा साना व्यापारी

३ माघ २०७७, शनिबार
घरमा आर्थिक भार दिन प्रतिदिन बढ्दै गएपछि सुर्खेतस्थित वीरेन्द्रनगर–१, सोलीघोप्टेकी नन्दकला आचार्य (४२) ले सानो लगानीमा खुद्रा पसल सुरु गरिन् । व्यापार फस्टाउँदै जाँदा नन्दकला फुरुङ्ग हुँदै सोहीअनुसार सपना पनि बुन्दै थिइन् । दुई छोरी र एक छोराकी आमा उनले छोराछोरीलाई उच्च शिक्षा पढाउने सपना बुनेका थिइन् । तर विश्वभरि… <a href="https://karnalibusiness.com/?p=250">पूरा पढ्नुहोस् »</a>