बसपार्क सञ्चालनमा सहमति नहुँदा जुम्लामा अनिश्चितकालीन यातायात बन्द

Avatar
कर्णाली विजनेश जुम्ला - ३ माघ २०७७, शनिबार

चन्दननाथ नगरपालिका र यातायात व्यवसायीबीच बसपार्क सञ्चालनसम्बन्धी कुरा नमिल्दा अनिश्चितकालीन यातायात बन्द भएको छ । आफूहरुको मागप्रति नगरपालिकाले बेवास्ता गरेको भन्दै व्यवसायीले यातायात बन्द गराएका हुन् ।

चन्दननाथ नगरपालिकाले एकतर्फी रुपमा कर निर्धारण गरी बसपार्क सञ्चालन गर्न लागेको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका थिए ।

उनीहरुले बसपार्कमा लगाइएको चर्को शुल्क घटाउन माग गर्दै नगरपालिकाको ध्यानाकर्षण गराए पनि बेवास्ता भएपछि यातायात बन्दको घोषणा गरेका हुन् । शुक्रबारदेखि लामो तथा छोटो दूरीका सबै यातायातका साधन बन्द गरिएको देउती यातायात प्रालिका इन्चार्ज तेजेन्द्र हितानले बताए ।

‘बसपार्क सञ्चालन गर्नु राम्रो पक्ष हो,’ उनले भने, ‘तर सरोकारवाला र व्यवसायीसँग छलफल नै नगरी एकतर्फी रुपमा कर निर्धारण गरियो ।’

थप समाचार

गाउँमै ल्याब सेवा सञ्चालनमा आएपछि नागरिकमा खुशी

३ माघ २०७७, शनिबार
गाउँकै स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन भएपछि २-३ सय रुपैयाँमै दिसा, पिसाब, रगत, गर्भावस्था, टिभी एचआइभीलगायतका समस्याहरूको परीक्षण गर्न सकिने गरी ल्याब सेवा सञ्चालन गरिएको हाडसिंजा स्वास्थ्य चौकीका इन्चार्ज दिपेन्द्र उपाध्यायले बताए ।