आयौँ हामी

Avatar
कर्णाली विजनेश सुर्खेत - १९ फाल्गुन २०७७, बुधबार

प्राकृतिक स्रोत साधनद्वारा अपार सम्भावना रहेतापनि प्रभावकारी उपयोग नभएकै कारण कर्णाली प्रदेश विगत झै अल्झिरहेको भान हुन्छ । पिछडिएको चिनारी पाएपनि कर्णालीको सम्वद्धिको बाटो आत्मनिर्भर र स्वाभलम्वन छ ।

घर–घर पुगेका सिंहदरवार प्रतिको आसा बढेको–बढ्यै छ । तीन तहका सरकारी कामकाजले कोरिने कर्णालीको भविष्यले आम नागरिक विचको अन्यौता हटाउन सकेको छैन ।

सक्रिय जनशक्तिका आत्मबल र अठोट ह्रास हुने अवस्थामा छन् । कर्मयोगी हातहरु पलायन हुन खोज्दैछन् । ज्ञान, सीप र कलाका लागि सुरक्षित स्थान बनेको छैन ।

यस्तो अवस्थामा अर्को जनशक्ति पनि छ, जसको आत्मबल र अठोटले समृद्व कर्णालीको सपना देख्छन् । कर्मयोगी हातहरुमा परेका ठेलाको कुनै भान छैन । ज्ञान, सीप र कलालाई संयमित तथा सुरक्षित बनाईदैछ ।

प्रदेशको आर्थिक विकासको पक्षमा यि पंक्तिसँगै हातेमालो गर्न हामिपनि उभिदै छौँ । त्यसैको स्वरुप हो, ‘कर्णाली विजनेश डट कम ।’

प्रदेशको विकासमा सन्र्दभमा यहाँको आर्थिक पक्षको मेरुदण्डको रुपमा उभिन यस डिजिटल पत्रिकालाई तपाई सामु ल्याईपु¥र्याएको हो । प्रदेशमा सम्भावनाको खोजी, अध्ययन तथा यस सम्वन्धका सूचनाहरुले प्रदेशको विकासमा पक्कै टेवा पु¥याउनेछन् ।

कृषि, व्यापार, स्वरोजगार, लगानीलगायतका पक्षहरुसँग जाोडिने आर्थिक विषयलाई मुख्य विन्दु बनाएर प्रदेशको विकासका लागि नागरिकको सूचनाको हकलाई व्यवहारिकताको प्रयत्न गर्दै हामी तपाईहरु सामु विभिन्न समाचार तथा जानकारीहरु पस्कने प्रयत्न गरिरहने छौँ ।

सूचनाको हकमा नागरिकको समान पहुँच, युवा प्रोत्साहन र अवसरको निर्माण, विकास पत्रकारिता, विश्वसनियता र पारदर्शितालाई मध्यनगर गर्दै नागरिक र राष्ट्र हित उदेश्यका हेतुले कर्णाली विजनेश सञ्चालनमा ल्याईएको छ ।

कर्णाली प्रदेशमा लगानीको वातावरण निर्माणमा सघाउँ पु¥र्याउदै यहाँको बजार व्यवस्थापनलगायतको पक्षमा समन्वय वर्तमान आवश्यकता भएको छ । विदेशिने कर्णालीका युवालाई स्वरोजगारको बाटो दखाउने प्र्रयत्न तथा लगानीकर्ता र उपभोक्ताविच समन्वयकारी भुमिका निर्वाहनार्थ लागिपरेको यस डिजिटल पत्रिका आगामी दिनमा सदैव तपाईंहरुको साथमा रहिरहने विश्वास व्यक्त गर्न चाहन्छौँ ।

प्रकाशन तथा सञ्चालनका क्रममा भईआउने हाम्रा क्रुटि तथा गल्तीहरुलाई औलाउदै सकारात्मक उर्जाका साथ ‘कर्णाली विजनेश’ पाठकवर्गको रुचीको विषय बन्ने छ भन्ने आसा लिएका छौँ ।

पुनम बि.सी.
प्रकाशक

थप समाचार

दही–चिउँराले चलाएको जिवन

१९ फाल्गुन २०७७, बुधबार
‘यहाँ सबैभन्दा धेरै बिक्रि हुने भनेकै दही–चिउँरा नै हो । मोटरसाइकल, गाडी रोकेर एकछिन सुस्ताउँदै यात्रुहरु दही–चिउँरा खान बस्छन् ।’

सम्बन्धित