नयाँ वर्षमा बजाजको ‘शून्य अफर’

Avatar
कर्णाली विजनेश सुर्खेत - ३ चैत्र २०७७, मंगलवार

बजाज बाइकको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालि नयाँ वर्ष २०७८ का अवसरमा नयाँ बजाज बाइक किन्ने ग्राहकका लागि ‘बजाज शून्य अफर’ ल्याएको छ ।

यसबाट ग्राहकले शून्यबाटै लाखौंलाख जित्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइकको आधिकारिक शोरुम वा विक्रेताबाट खरिद गर्नुपर्ने छ ।

ग्राहकले शून्य ‘टेन्सन’ का साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएसमार्फत प्राप्त आफ्नो युनिक कोडलाई विक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएसमार्फत चारदेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्नेछन्। यो अफरमा ग्राहकले न्यूनतम १० हजार रुपैयाँ निश्चितरूपमा प्राप्त गर्न सक्नेछन् ।

यो अफर पहिलो सूचना प्रकाशित भएको मितिदेखि अन्तिम सूचना प्रकाशित भएसम्म लागू हुनेछ ।

नयाँ वर्षमा यो अफर ल्याउनुको मुख्य उद्देश्य ग्राहकलाई शून्य टेन्सन दिएर बजाजका उत्कृष्ट बाइकको सवारीले निश्चिन्त बनाउनु रहेको कम्पनीले जनाएको छ ।

थप समाचार

मुख्यमन्त्री कति सुरक्षित ?

३ चैत्र २०७७, मंगलवार
ओली पक्षका सांसदले समर्थन फिर्ता लिए पनि माधव नेपाल पक्षका सांसदले समर्थन गर्दा कांग्रेसविना नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बहुमत पुग्ने देखिन्छ ।