मुख्यमन्त्री कति सुरक्षित ?

गणेश आचार्य
गणेश आचार्य सुर्खेत - ४ चैत्र २०७७, बुधबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय नेकपा एमालेले गरेको छ ।

एमालेका १० जना सांसदको वैठकले गेरेको उक्त निर्णय वारे जानकारी दिदै नेता यामलाल कँडेलले भने, ‘हामीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं । आगामी चैत ५ गतेदेखि त्यो लागू हुनेछ ।’

प्रदेशसभामा ४० सदस्य छन् । सरकार गठन गर्न २१ सिट आवश्यक पर्छ ।

यस्तोमा नेकपा एउटै हुँदा (एमाले र माओवादीसहित)को सिट ३३ सिट थियो ।

जसमा प्रचण्ड–नेपाल समूहको मात्रै २१ सिट छ ।

ओली पक्षका सांसदका संख्या १२ छ । नेपाली काँग्रसको ६ सिट र अन्य दलको एक सिट छ ।

तर बुधबारको बैठकमा ओली पक्षका १० प्रदेशसभा सदस्यमात्रै उपस्थित थिए । नेपाल पक्ष भने बैठकमा सहभागी भएन । कांग्रेसको ६ र अन्य दलका एक सांसद छन् ।

यस्तोमा ओली पक्षका सांसदले समर्थन फिर्ता लिए पनि माधव नेपाल पक्षका सांसदले समर्थन गर्दा कांग्रेसविना नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बहुमत पुग्ने देखिन्छ ।

ओली समूहले समर्थन फिर्ता लिए पनि माधव नेपाल पक्षले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको प्रष्ट पारिसकेको छ । मुख्यमन्त्री शाहीले आफू झन् बलियो भएको भन्दै विश्वासको मत लिने बताइसकेका छन् ।

जोगिएका थिए मुख्यमन्त्री:

गत असोजमा मुख्यमन्त्री शाही विरुद्व अविश्वासको प्रस्ताव आएको पनि थियो ।

एमाले सांसदहरुले ल्याएको अविश्वासको प्रस्तावले कर्णालीका मुख्यमन्त्रीको पद जाने सम्भावना निकै थियो । तर अन्त्यमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरुले पुर्व माओवादीहरुसँग एक्यवद्वता जनाएपछि भने मुख्यमन्त्री सुरक्षित भएका थिए ।

एमालेका नेता यामलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्री विरुद्व अविश्वासको प्रस्ताव आएको यो दोस्रो पटक हो । गत असोजमा कर्णाली प्रदेश सभाका १८ जना साँसदहरु एक भएर प्रदेश सभा संसदिय दल नेकपाका प्रमुख सचेतक रहेका गुलाबजंग शाह समक्ष अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

अविश्वासको प्रस्ताव पेश गरेसँगै कर्णालीको राजनैतिक माहोल निकै तातियो । टिकाटिप्पणीहरु हुन थाले ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् । तीमध्ये पूर्वएमालेका २० जना र पूर्वमाओवादीका १३ जना छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ जना र पूर्वमाओवादीका ३ जना थिए ।

पूर्वएमालेबाट सरकारमा रहेका तीनजना मन्त्री (प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढा) का साथै सभामुख राजबहादुर शाही र तत्कालिन प्रमुख सचेतक शाहले हस्ताक्षर गरेका थिएन् ।

कर्णालीमा नेकपा भित्रको विवाद मन्थर पार्न पनि केन्द्रकै भर पर्नुपर्ने देखियो । मुख्यमन्त्री शाहीले आफ्नो बचाउँका लागि केन्द्रसँग गुहार गरे ।

संसदीय दलमा अविश्वास दर्ता भएपछि प्रमुख सचेतक गुलावजंग शाहले दलको बैठक आह्वान समेत गरे ।

केन्द्रमा समेत नेकपाका अध्यक्षद्वय केपि शर्मा ओली र पुष्पकमल दहाल प्रचण्ड विच कर्णालीका विषयमा छलफल समेत भयो । नेकपाका अध्यक्ष दहालले अर्का अध्यक्ष ओली र नेकपाका नेता तथा तत्कालिन एमालेका प्रभावशाली नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

यता कर्णालीमा भने नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई जिम्मेवारीबाटै हटाईयो । मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाएर आफु अनुकुल रहेकी सीता नेपालीलाई प्रमुख सचेतकका रुपमा नियुक्ति दिए । नेपाली यस अघि संसदीय दलमा सचेतक सदस्यका रुपमा थिइन् ।

मुख्यमन्त्री शाहीले शाहलाई हटाएर प्रमुख सचेतकमा सीता नेपालीलाई जिम्मेवारी दिएपछि नेपालीले कार्तिक ७ गते ११ बजेका लागि बैठक आह्वान गरिन् ।

यसैविच नेकपा भित्र गुट–उपगुटमा छलफल चल्न थाल्यो । नेकपा केन्द्रिय सदस्य निरज आचार्य पनि सोमबार सुर्खेत आईपुगे । उनि माधव नेपाल समूहका सांसदको बैठकमा सहजीकरणका लागि आएका थिए ।

तर अन्त्यमा कर्णालीका मुख्यमन्त्री शाही विरुद्व आएको अविश्वासको प्रस्तावमा फरक रुप अगाडी आयो । मुख्यमन्त्री शाहीलाई माधव नेपाल समुहको साथ भयो ।

माधव नेपाल पक्षधर सात जना सांसदहरुले अविश्वासको प्रस्तावबाट व्याक भएपछि मुख्यमन्त्रीलाई राहत भयो ।

नेपालले केन्द्रबाटै निकै दवाव दिएपछि तत्कालका लागि उनिहरु अविश्वासको प्रस्तावबाट व्याक भएका थिए ।

थप समाचार

‘मोहपथ’लाई ५० हजार राशिको साहित्य समाज कृति पुरस्कार

४ चैत्र २०७७, बुधबार
यसका साथै २५ हजार रुपैयाँ राशिको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार लोकगायक एवम् वाद्यवादक प्रेमदेव गिरी, ताम्रपत्र सहितको कर्णाली साहित्य साधना सम्मान शताव्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिने समाजका अध्यक्ष खगेन्द्र अधिकारीले बताए ।