‘मोहपथ’लाई ५० हजार राशिको साहित्य समाज कृति पुरस्कार

गणेश आचार्य
गणेश आचार्य सुर्खेत - ५ चैत्र २०७७, बिहीबार

कथाकार ललित विष्टको कथाकृति ‘मोहपथ’लाई कर्णाली साहित्य समाज कृति पुरस्कार २०७६ ले सम्मान गरिने भएको छ ।

५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार कर्णाली साहित्य समाजद्वारा विष्टको मोहपथलाई प्रदान गर्न लागिएको हो ।

यसका साथै २५ हजार रुपैयाँ राशिको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार लोकगायक एवम् वाद्यवादक प्रेमदेव गिरी, ताम्रपत्र सहितको कर्णाली साहित्य साधना सम्मान शताव्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिने समाजका अध्यक्ष खगेन्द्र अधिकारीले बताए ।

वीरेन्द्रनगरमा एक कार्यक्रमका विच चैत्र ११ गते सम्मान तथा पुरस्कार वितरण गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।

कर्णाली साहित्य समाजद्वारा प्रदान गरिने पुरस्कार तथा सम्मानहरुका वारेमा जानकारी दिदै संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी लगायत । (तस्विर: कर्णाली विजनेश)

यसअघि महेश थापाको कृति मरीचिकालाई कर्णाली साहित्य समाज कृति पुरस्कारले सम्मान गरिएको थियो । यसका साथै कवि तथा उपन्यासकार बुद्विसागरलाई कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार, कवि श्यामललाई ताम्रपत्र सहितको कर्णाली साहित्य समाज साधना सम्मान पुरस्कारले सम्मान गरिएको थियो ।

थप समाचार

मुगु–हुम्ला लिङ्करोडमा बेलीब्रिज

५ चैत्र २०७७, बिहीबार
मुगु कर्णालीमा बेलीब्रिज निर्माण भएपछि छायाँनाथ रारा नगरपालिकाका साथै हुम्लाका चङ्खेली, सर्केगाढ, अदानचुली, खार्पुनाथ, सिमीकोट गाउँपालिकाका जनताको सडकसम्म पहँुच पुग्ने छ ।