कर्णालीका युवा चिकित्सकहरुले ल्याए ‘कर्णाली केयर’

पुनम बि.सी.
पुनम बि.सी. सुर्खेत - १० चैत्र २०७७, मंगलवार

प्राय सबै रोगको विशेषज्ञ सेवा एकै स्थानबाट दिने उदेश्यका साथ कर्णालीका युवा चिकित्सकहरुले अस्पताल सञ्चालन गर्ने भएका छन् ।

५० वेड क्षमता रहनेगरी युवा चिकित्सकहरुको समुहले कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याउने तयारी थालेको हो ।

सबै रोगको उत्कृष्ट विशेषज्ञ सेवा एकै ठाउँबाट दिने उदेश्यले सहित कर्णाली केयर सञ्चालनमा ल्याइएको अस्पतालका सञ्चालक दिपक गौतमले जानकारी दिए ।

उनले भने, ‘अस्पताल सञ्चालनको तयारी अन्तिम चणरमा पुगेको छ । हप्तादिन भित्रै अस्पताल पूर्ण रुपमा सञ्चालनमा आउँछ ।’

सञ्चालनको तयारीमा रहेको ‘कर्णाली केयर’ ।

के–के छन् सेवा ?

उपचारका लागि भौतारिनुपर्ने नागरिकको वाध्यतालाई अन्त्य गर्दै सहजताका लागि विभिन्न थरी रोगका विशेषज्ञ सेवा कर्णाली केयरमै पाइने भएको छ ।

अस्पतालमा बालरोग विशेषज्ञ सेवा, हार्डजोर्नी तथा नसा रोग विशेषज्ञ सेवा, महिला तथा प्रसुति रोग, मानसिक रोग, जनरल फिजिसियन, जनरल तथा ल्याप्प्रोसकोपी सर्जरी, छाला, यौन तथा सौन्दर्य विशेषज्ञ सेवा रहेका छन् ।

नाक, कान, घाँटी, प्याथोलोजिष्ट, फिजियोथेरापी, दाँत, मुख तथा गिजा सम्वन्धी रोगको पनि अस्पतालमा उपचार हुनेछ ।

यस्तै आधुनिक प्रविधियुक्त सिटी स्क्यान, भिडियो एक्स–रे, सादा एक्स–रे सेवा, आधुनिक ल्याव, भेन्टिलेटरसहितको आइसियू, एनआइसीयू, साना तथा ठूला सम्र्पूण शल्यक्रिया सेवा समेत अस्पतालमा रहेका छन् ।

अस्पतालले कर्णालीमै पहिलो पटक छुट्टै मानसिक रोगका विरामीका लागि मनोरोग वार्ड समेत सञ्चालनमा ल्याएको छ । जनरल तथा विशेष वार्ड रहेको अस्पतालले चौवीसै घण्टा इमरजेन्सी र फार्मेसी सेवा सञ्चालन गर्ने जनाएको छ ।

‘कर्णालीको स्वास्थ्य क्षेत्रमा कोसेढुंगा हो’

युवा चिकित्सकहरुको समुहले एकैसाथ एकै स्थानबाट विशेषज्ञ सेवा दिनु कर्णालीको स्वाथ्य क्षेत्रका लागि कोसेढुंगा सावित हुने बालरोग विशेषज्ञ डा. नवराज केसीको भनाई छ ।

उनले भने, ‘कर्णालीमा अहिलेसम्म सानातिना अस्पताल, नर्सिङ होम मात्रै चलिरहेका थिए । बल्ल नीजि क्षेत्रले हस्पिटलवेस सेवा सुरु गर्यो । यो कर्णालीको लागि कोसेढुंगा हो ।’

विमा र आमा सुरक्षा कार्यक्रम पनि सञ्चालन गर्ने गरी स्वास्थ्य सम्वन्धी सम्पूर्ण मापदण्ड पुरा गरेर बनाइएको कर्णाली केयर कर्णालीकै पहिलो नीजि अस्पताल भएको बालरोग विशेषज्ञ डा. केसीको दावी छ ।

अन्य प्रदेशमा ठुल्ठूला नीजि अस्पताल भएपनि कर्णालीमा भने यो नै सबै रोगको विशेषज्ञ सेवा एकै ठाउँमा पाउने नीजि अस्पताल भएको उनले बताए ।

गुणस्तरीय र सर्वसुलभ सेवा

कमजोर आर्थिक अवस्था भएका नागरिकको मध्यनजर गर्दै अस्पताल मार्फत सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने अस्पतालका निर्देशक डा. सुशिल समदर्शीले बताए ।

उनले भने, कर्णालबासीको सुविधालाई ध्यान दिएर एकै ठाउँबाट सवै रोगको विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह छौ ।’

अस्पतालले स्वास्थ्य सम्वन्धी अध्ययन, अनुसन्धानको काम पनि गर्ने मानसिक रोग विशेषज्ञ समेत रहेका निर्देशक समदर्शीले उल्लेख गरे ।

अस्पताल संचालनसँगै विशेषज्ञ सेवाको लागि कर्णालीबासीको अव बाहिर (नेपालगंज, काडमाडौ, लखनउ) जानु पर्ने बाध्यता अन्त्य हुने अपेक्षा आफुहरुको रहेको हार्डजोर्नी तथा नसा रोग विशेषज्ञ डा.रुपक कँडेल बताउँछन् ।

कम खर्चमा स्तरीय सेवा दिने प्रयास गछौ, अस्पतालका संचालक समेत रहेका उनी भन्छन्, उपचारमा आउने कुनै पनि विरामी पैसा अभावमा उपचारबाट बञ्चित हुनु पर्नेछैन् ।

यसका साथै कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरले चाडै नै बिपीएच, बिएन, स्टाफनर्स, एचएको पढाउन क्याम्पस सञ्चालन गर्ने जनाएको छ ।

आफ्नै प्रदेशमा केही गर्नु पर्छ भन्ने मान्यता राख्दै आएका कर्णालीका युवा डाक्टरहरुले सञ्चालन गरेको कर्णाली केयर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरले निकट भविष्यमै मेडिकल कलेज पनि सञ्चालन गर्ने जनाएको छ ।

थप समाचार

ट्याटु खोपेर लाखौँ आम्दानी

१० चैत्र २०७७, मंगलवार
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका निवासी मानसिं गुरुङ्ग सम्झन्छन्, ‘समय बितेको पत्तो हुदो रहेनछ । र, मैले पनि ५–६ हजार जनाको लागि ट्टयाटु खोपिसकेको पत्तो पाइन ।’ उनले भने, ‘ट्याटु खोपेका सुईहरु जहाँ पायो त्यही फाल्ने कुरो पनि भएन । घरको एक बाकसमा सम्हालेर राखेको थिए । करिव ५–६ केजि नै भयो ।’