ट्याटु खोपेर लाखौँ आम्दानी

पुनम बि.सी.
पुनम बि.सी. सुर्खेत - १२ चैत्र २०७७, बिहीबार

उनका लागि त्यो गर्वको क्षण थियो । जव छेउको बाकसमा रहेका सुईहरु तराजुमा तौलिन पुगे ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका निवासी मानसिंह गुरुङ्ग सम्झन्छन्, ‘समय बितेको पत्तो हुदो रहेनछ । र, मैले पनि ५–६ हजार जनाको लागि ट्टयाटु खोपिसकेको पत्तो पाइन ।’

उनले भने, ‘ट्याटु खोपेका सुईहरु जहाँ पायो त्यही फाल्ने कुरो पनि भएन । घरको एक बाकसमा सम्हालेर राखेको थिए । करिव ५–६ केजि नै भयो ।’

निकै रुचिका साथ युवा पुस्तामाझ फैलिएको ट्याटु र कर्णालीका लागि ट्याटुकारको रुपमा परिचित नाम हो, मानसिंह गुरुङ्ग ।

करिव १५ वर्ष पहिलेदेखि नै उनि यो व्यवसायमा सक्रिय छन् । मानिसका शरिरमा ट्याटु हान्नु (कोर्नु) नै उनको मुख्य व्यवसाय हो ।

रोजगारी खोज्दै जाँदा भेटियो ट्याटु

बालापन देखि नै चित्रकला तथा माटोका आकृति बनाउन रुची राख्ने गुरुङ्ग रोजगारीको सिलसिलामा कयौँ पटक विभिन्न मुलुक पनि धाए । दुवई, साउदीलगायतका देशमा उनी रोजगारीका लागि पुगे ।

त्यहीबाटै उनको जिवनले नयाँ अध्यायको सुरुवात गर्दै थियो, उनलाई पत्तो पनि भएन ।

उनि सम्झन्छन्, ‘विदेशमा रहँदा एकजना फिलिपिनीसँग भेट भएको थियो । रोजगारीका लागि आएको उ पनि हाम्रै कम्पनिमा काम गथ्र्यो । यसो ट्याटु पनि हान्थ्यो । मैले पनि उसँग काम गरे । मानव शरिरमा सिलोले कला भर्न सिकेँ । तर मलाई नेपाल फर्केर यही पेशा अपनाउछु भन्ने चाही थिएन ।’

पहिले पहिले हात निकै काम्थ्यो । सियो खोपाईको पिडा सहिरहेकाका अगाडी कहिल्यै नमेटिने मिठो नासो दिनु थियो, त्यो सम्झदा हात काम्ने नै भयो ।

उनले भने, ‘म अहिलेका नयाँ सिकारु भाईलाई हेर्छु । उनिहरुको पनि मेरो जस्तै हात कामिरहेको हुन्छ । त्यो देख्दा मलाई त्यहि क्षण याद आउँछ ।’

ट्याटुलाई उनि कहिल्यै नसकिले ज्ञानको रुपमा लिन्छन् । उनले भने, ‘जति कोरेपनि पोख्त भईसके भन्ने लागेन । अहिले पनि सिक्दै छु । सिकिरहेको छु । जानेको छु या छैन ?, थाह छैेन । कसबेला सिके त्यो पनि थाह छैन । जे होस् अझै सिक्ने क्रममा छु ।’

के छ आम्दानी ?

ट्याटुको व्यवसाय दिनप्रतिदिन बढ्दो व्यवसायका रुपमा परिचित हुदैछ । गुरुङ्ग पनि त्यही भन्छन्, ट्याटु बनाईसकेको ठाउँमा फेरी थपिन्छन् । युवापुस्तामाझ निकै चलनमा रहेको छ, ट्याटु ।

उनले भने, ‘अहिले त ट्याटु मायाको प्रतिकको रुपमा पनि विकास भईसक्यो । मानिसहरु कसैको सम्झनामा ट्याटु खोपिरहेका छन् । कसैलाई उपहार स्वरुप शरिरमा ट्याटु खोपिन्छ । यसका साथै अन्य आकृति–कलाहरु त भईहाल्यो ।’

ट्याटु व्यवसाय पनि राम्रो आम्दानीको स्रोत रहेको उनको दावि छ । उनले भने, ‘पहिलेको भन्दा धेरै राम्रो आम्दानी छ । माहोल चेज भएको छ । पारिश्रमिक पनि त्यही अनुसारको छ । यहाँ मेहनतको फल चाही आउँछ । सकिन्छ, मज्जाले बसेर खान सकिन्छ । यसमा पनि राम्रो भविष्य छ ।’

गुरुङ्गले मासिक रुपमा ५० देखि ६० हजार रुपैयाँसम्म ट्याटु हानेरै आम्दानी गरिरहेका छन् । उनि भन्छन्, ‘काम गर्न सक्यो भने कहिलेकाँही त दुई तिन लाख रुपैयाँ सम्म पनि कमाई भएको छ । यो क्षेत्रमा मेहनतको पैसा आउँछ । घण्टाको हिसावमा कमाई हुन्छ ।’

शरिरमा ट्याटु खोप्नुलाई नराम्रोको संज्ञा दिइन्थ्यो । अहिले त्यो छैन, विस्तारै ट्याटु प्रतिको हेराई सकारात्मक बन्दै गएको छ ।

उनि भन्छन्, ‘मलाई मेरो पेशाप्रति गर्व छ ।’

थप समाचार

स्याउखेतीमा आर्कषण

१२ चैत्र २०७७, बिहीबार
जिल्लामा पछिल्लो सयमा सामूहिक स्याउखेतीमा यहाँका किसान आकर्षित भएका छन् । परम्परागत खेती प्रणालीले उत्पादन राम्रो नभएपछि किसानले सामूहिक लगानीमा स्याउखेती गर्न थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ सुपरजोन कार्यालयका प्रमुख नमराज भण्डारीले जानकारी दिए ।