फरक क्षमताका विद्यार्थीलाई लाइन्सको सहयोग

Avatar
कर्णाली विजनेश सुर्खेत - १३ चैत्र २०७७, शुक्रबार
सिद्व बहिरा बालकको विद्यालयमा अध्ययनरत फरक क्षमता रहेका विद्यार्थीहरु । तस्विर/कर्णाली विजनेश

वीरेन्द्रनगरमा रहेका फरक क्षमताका विद्यार्थीलाई लाइन्स क्लवले सहयोग गरेको छ ।

लाइन्स क्लव अफ सुर्खेत भ्यालीले वीरेन्द्रनगर नगरपालिका–८ स्थित सिद्व बहिरा बालकको विद्यालयमा अध्ययनरत फरक क्षमता रहेका विद्यार्थीका लागि टेबल, कुसनलगायतका सामाग्री सहयोग गरेको हो ।

एक कार्यक्रमको आयोजना गर्दै क्लवले अध्ययन–अध्यापन क्रियाकलापमा सघाउँ पुर्‍याउने उदेश्यले १० थान काठको टेबल, २० थान कुसन र एक थान जुत्ता र्‍याक सहयोग गरेको छ ।

लाइन्स क्लव अफ सुर्खेत भ्यालीकी अध्यक्ष प्रतिमा मल्लले भनिन्, ‘साना कक्षाका विद्यार्थीहरु भुईमा बसेर अध्ययन गर्ने गछ्र्रन् । उनिहरुको अध्ययन क्रियाकलापमा सघाउँ पुर्‍र्याउनका लागि हामीले टेवल र कुसन सहयोग गरेका छौँ ।’

विभिन्न व्यक्तिहरुको सहयोग लिएर क्लवले उक्त सामाग्रीहरु सहयोग गरेको हो । सहयोग सामाग्री खरिदका लागि प्रतिमा शाह (राना)ले २० हजार रुपैयाँ, टिकाराम चपाईंले चार हजार रुपैयाँ र राजु फर्निचर उद्योगद्वारा चार हजार रुपैयाँ सहयोग गरिएको हो । यसका साथै रविना प्याकुरेलले विद्यार्थीहरुका लागि कुसन खरिदमा सहयोग गरेकी छन् ।

फरक क्षमताका विद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलापमा सघाउँ पुर्‍याउने उदेश्यका साथ लाइन्स क्लवद्वारा गरिएको गरिएको सहयोग प्रति आभार प्रकट गर्दै विद्यालयका प्रध्यानाध्यापक चन्द्रबहादुर कार्कीले भने, ‘विद्यार्थीहरुको शिक्षण सिकाईका लागि विद्यालयमा पुर्वाधारलगायतका धेरै समस्या छन् । कक्षा कोठाको व्यवस्थापन देखि खानेपानीसम्मको समस्या छ । विद्यालयलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

थप समाचार

मार्सीको इतिहास सम्झाउने ‘बारुवा, सोरुवाँ र विश्वाँपर्व’

१३ चैत्र २०७७, शुक्रबार
उनका अनुसार साके संवत् १५१५ मा विद्वान हरिदास आचार्यले लेखेको ५० श्लोकको ‘सिद्ध पञ्चाशती’ मा पनि कालीमार्सी धान जुम्लामा उत्पादन भएको उल्लेख छ । पन्ध्रौँ शताब्दीतिर चन्दननाथ बाबाले आफ्नो लामो खोज, अध्ययन तथा अनुसन्धानपछि कालीमार्सी धान पत्ता लगाएको पाइन्छ ।