विश्वासको मत लिने मुख्यमन्त्री शाहीको तयारी

Avatar
कर्णाली विजनेश सुर्खेत - ३० चैत्र २०७७, सोमबार

कर्णालीको पछिल्लो राजनीतिक घटनाक्रमले यहाँको कर्णाली प्रदेश सरकार अल्पमतमा छ ।

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेश सरकार अल्पमतमा परेको हो । यसका साथै एमालेका तर्फबाट सरकारमा सहभागी भएका तीन जना मन्त्रीहरुले समेत चैत्र २४ गते सामुहिक राजिनामा दिइसकेका छन् ।

यस्तो अवस्थामा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने संसदमै विश्वासको मत लिने तयारी थालेका छन् ।

मुख्यमन्त्रीले संसदमै विश्वासको मत लिने वारे जानकारी दिदै मुख्यमन्त्री शाहीका राजनैतिक सल्लाहकार भीमप्रसाद शर्माले भने, ‘मुख्यमन्त्रीले संसदमै विश्वासको मत लिनुहुन्छ, यसका लागि अन्य दलहरुसँग छलफल समेत भइरहेको छ ।’

झण्डै ६ महिनादेखि बस्न नसकेको कर्णाली प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस समेत गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले बैशाख ३ गतेका लागि संसद बैठक आह्वान गरिएको हो ।

यता, एमालेका सांसद सुशील थापाले भने नयाँ वर्षमा नयाँ सरकार गठन हुने प्रक्रिया शुरु हुने जनाएका छन् ।

सामाजिक सञ्जालमा फेसबुकमा सांसद थापा लेख्छन्, ‘नयाँ वर्षमा नयाँ सरकार बन्ने वैशाख ३ गते साँझबाट नयाँ सरकारको प्रक्रिया शुरु हुन्छ ।’

थप समाचार

‘जनगणना विश्वसनीय हुनुपर्छ’ – जुम्लावासी

३० चैत्र २०७७, सोमबार
नेकपा एमालेका पार्टी सचिव आदी प्रसाद न्यौपानेले विगतका गणनाबाट सही तथ्याङ्क नआउँदा विकास निर्माणमा बाधा पुगेको भन्दै अबको तथ्याङ्क यर्थाथ र विश्वसनीय हुनुपर्ने बताए । उनले गणक सम्बन्धित घरमै नपुगी केही व्यक्तिबाटै गाउँकै तथ्याङ्क ल्याउने समस्या भएकोले गणक सबैको घरमा पुगे नपुगेको थाहा पाउने संयन्त्र बनाउनुपर्नेमा समेत जोड दिए ।