विश्व बैंकसँग २० अर्बको ऋण सम्झौता

विश्व बैंकले नेपाललाई उपलब्ध गराउने २० अर्ब रुपियाँ बराबरको ऋण सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्राकृतिक विपत्ति, जलवायुजन्य जोखिम र स्वास्थ्य सङ्कटको अवस्थामा उपयोग गर्न पाउने गरी उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

गत कात्तिक ६ गते संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आयोजित एक कार्यक्रममा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेपाल सरकार विश्व बैंकले मङ्गलबार संयुक्त रूपमा जारी गरेको विज्ञप्ति अनुसार यो वित्तीय सम्झौता नेपाल विपत् उत्थानशील विकास नीति ऋण परियोजना अन्तर्गत गरिएको हो । यस परियोजनाले जोखिम उत्थानशीलता बढाउने र विपत् प्रतिकार्यलाई प्रभावकारी बनाउन संस्थागत संरचना सुधार गर्न नियामकीय र नीतिगत सुधारमा सहयोग पु¥याउने उल्लेख छ । यस परियोजना नेपालका लागि महत्वपूर्ण भएको अर्थ सचिव घिमिरेले बताए ।

‘यसले वित्तीय सहायतामार्फत जलावायु र अन्य प्राकृतिक प्रकोप र स्वास्थ्यसम्बन्धी सङ्कटलाई सम्बोधन गर्न सहयोग पुग्छ’, उनले भने । यसले वित्तीय रूपमा दबाबपूर्ण अवस्थामा मुलुकलाई सङ्कटपूर्वको तयारी, रोकथाम र प्रतिकार्यलाई सम्बोधन गर्न सहज तरलता उपलब्ध हुने उनले उल्लेख गरे ।

क्याट डिडिओले चालु विकास कार्यक्रमको स्रोतलाई रकमान्तर नगरी सरकारलाई अत्यावश्यक अवस्थामा सहज वित्तीय उपकरण व्यवस्थापनमा सहयोग पु¥याउने विश्व बैंकका राष्ट्रिय निर्देशक सिस्लेनले बताए । यस कार्यक्रमलाई विश्व बैंकसहित अन्य थप दुई संस्थाको समेत सहयोग रहेको छ ।

कर्णाली विजनेश संवाददाता

कर्णाली प्रदेशबाट प्रकाशित हुने पहिलो आर्थिक पत्रिका ‘कर्णाली विजनेश’द्वारा यो वेभ पोर्टल सञ्चालनमा रहेको छ ।

थप समाचार

लेखकबाट थप

+ There are no comments

Add yours