सम्पादकीयः फितलो प्रशासनले दुर्घटना जोखिम !

शुक्रबार वीरेन्द्रनगर नगरपालिकाको सिमाक्षेत्र रातानाङलामा भएको सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए । वीरेन्द्रनगर तर्फ आईरहेको गाडी दुर्घटना हुँदा नागरिहरुको मृत्यु भयो । कर्णालीमा आफैमा कठिन भूगोल भएको प्रदेश हो, झन् साँघुरा बाटोहरुमा सवारी दुर्घटनाको जोखिम धेरै छ । कर्णालीमा संख्यात्मक रुपमा प्रयाप्त सार्वजनिक सवारी साधन सञ्चालनमा समेत छैनन् । निजि स्तरबाट सञ्चालन रहने सार्वजनिक सवारी साधनहरु नागरिकका लागि आवश्यक समयमा नै उपलब्ध हुन्छन् भन्ने अवस्था छैन । यस्तो अवस्थामा पनि चाडपर्वको समय, ट्राफिक प्रहरी कार्यालयको तथ्यांक हेर्ने हो भने चाडपर्वका समयमा सडक दुर्घटनाको संख्या ह्वात्तै बढेको पाइन्छ । मानिसहरु चाडपर्व मनाएर जागिर तथा अन्य क्रियाकलापका लागि यात्रा गर्ने समय हो यो ।

चाडपर्वको समय र प्रयाप्त सार्वजनिक सवारी साधनको अभाव कर्णालीका नागरिकले सदैव झेलिरहेका छन् । शुक्रबार भएको दुर्घटनामा समेत यसको झल्को पाइन्छ । गाडीमा तोकिएको संख्या भन्दा धेरै सवारी रहेको दुर्घटना पछि मात्र जानकारीमा आयो । दुर्घटना स्थलभन्दा केहि पर गाडीले आफ्नो यात्रा विवरण टिपाउछन् । त्यहाँ सवारी संख्या धेरै भएको कुनै जानकारी नै भएन । तर दुर्घटनामा समयमा भने धेरै सवारी संख्या देखियो । अनाहकमा नागरिकले ज्यान गुमाउनु प¥र्यो । प्रतिनिधि घटनाले कर्णालीका सडकमा सवारी साधानको अवस्था र सुरक्षा स्थितीलाई प्रतिनिधित्व गरेको छ । सवारी विवरण टिप्ने स्थानमा गाडी खाली देखिने तर दुर्घटना स्थलमा भने सवारी संख्यामा वृद्धि हुनु प्रशासनको हेलचेक्राई नै हो । ट्राफिक प्रहरीको काम भनेकै सुरक्षित सवारीको व्यवस्थानमा ध्यान दिनु हो, कार्यालयमा बसेर सवारी संख्याको तथ्यांकलाई मात्र राखेर हुँदैन । सडकमा सवारीको वास्तविक अवस्था तथा सुरक्षाका विषयमा ध्यान दिनुपथ्र्यो । प्रतिनिधि घटनाले सवारीहरुबाट ट्राफिकले आर्थिक लाभ लिएर नै क्षमता भन्दा धेरै यात्रु ओसार्न दिएको झल्काउछ । नागरिकहरु पनि अघोषित रुपमा यस्तै जनाइरहेका हुन्छन् ।

जोखिम रहेका सडकमा ट्राफिक प्रहरीको विशेष ध्यान नै छैन । सवारी चालक अनुमति पत्र तथा कागजपत्र वाहेक ट्राफिकले सडक सुरक्षाका लागि आफ्नो गतिविधि बढाएको देखिएन । उनीहरुको प्रशासन यस विषयमा चुकेको छ । खटाइएका कर्मचारीहरु भनेको मान्दैनन्, जिम्मेवारी पुरा गर्दैनन्, आर्थिक लाभको प्रलोभनमा परेका छन् भने उनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । बजारमा हल्ला भए अनुसार ‘ट्राफिक पोष्टले माथिसम्म पु¥याउनुपर्छ’ भन्ने जस्तै अघोषित व्यवहार हो भने नागरिकको जीवनमा खेलवाड गर्ने अधिकार कसैलाई छैन । शुक्रबार भएको सडक दुर्घटनाको छानविन हुनुपर्छ । दोषिलाई कारवाहिको दायरामा ल्याउनुपर्छ । अन्यथा कर्णालीमा सडक सुरक्षा नारामा मात्र सिमित रहन्छ ।

कर्णाली विजनेश संवाददाता

कर्णाली प्रदेशबाट प्रकाशित हुने पहिलो आर्थिक पत्रिका ‘कर्णाली विजनेश’द्वारा यो वेभ पोर्टल सञ्चालनमा रहेको छ ।

थप समाचार

लेखकबाट थप

+ There are no comments

Add yours