बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने सम्झौता ऐतिहासिक: ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने ऐतिहासिक सम्झौता भएको बताए ।

बुधबार मन्त्रालयमा आयोजित ऊर्जामन्त्री खड्काको एक सय दिनको उपलब्धिहरू सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । साथै सुख्खायाममा भारतबाट दुई सय ३० मेगावाट बिजुली आयात गर्न सम्झौता भएको बताए ।

आउँदो सुखा यामको विद्युत मागलाई मध्यनजर गरी स्वदेशी विद्युत उत्पादन अपुग हुने र भारतको एक्सचेन्ज बजारमा मात्र निर्भर हुन नसकिने भएकोले ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनबाट दुई सय मेगावाट र टनकपुर–महेन्द्रनगर एक सय ३२ केभी प्रसारण लाइनबाट ३० मेगावाट रियल टाइम मार्केटबाट बिजुली आयात गर्ने गरी नेपाल विद्युत प्राधिकरण र भारतको विद्युत व्यापार कम्पनी एनभीभीएनबीच विद्युत खरिद सम्झौतामा हस्ताक्षर भएको छ, विज्ञप्तिमा उल्लेख छ ।

कर्णाली विजनेश संवाददाता

कर्णाली प्रदेशबाट प्रकाशित हुने पहिलो आर्थिक पत्रिका ‘कर्णाली विजनेश’द्वारा यो वेभ पोर्टल सञ्चालनमा रहेको छ ।

थप समाचार

लेखकबाट थप

+ There are no comments

Add yours