चर्को आवाज निकाल्ने मोटरसाईकल नियन्त्रणमा

चर्को आवाज निकालेर ध्वनि प्रदुषण गर्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरेन्द्रनगर क्षेत्रमा हो–हल्ला गर्दै मोटरसाइकलको साईलेन्सर पाईप र अन्य भागमा समेत स्वरूप परिवर्तन(मोडिफाई) गरी चर्को आवाज निकाल्ने मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरीको कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको हो ।

मंगलबार देखि शुक्रबार सम्ममा ट्राफिकले चर्को आवाज निकाल्दै ध्वनि प्रदुषण गर्ने १८ वटा मोटरसाइकललाई वीरेन्द्रनगरबाट नियन्त्रणमा लिएको छ । मोटरसाइकलहरुलाई थप कानूनी प्रक्रियाका लागि यातायात व्यवस्थापन कार्यालयमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कर्णाली विजनेश संवाददाता

कर्णाली प्रदेशबाट प्रकाशित हुने पहिलो आर्थिक पत्रिका ‘कर्णाली विजनेश’द्वारा यो वेभ पोर्टल सञ्चालनमा रहेको छ ।

थप समाचार

लेखकबाट थप

+ There are no comments

Add yours