२३ हजार बढी सदस्यसँगै अब्बल बनेको वीरेन्द्रनगर सहकारी

वीरेन्द्रनगर स्थित वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले हाल १३ स्थानबाट सेवा दिईरहेको छ । स्थापना भएको २३ बर्षमा सहकारीले आठ वटा सहकारी हुँदै सहकारीले आफ्नो सेवा सञ्चालन गरिरहेको छ ।

२०५८ सालमा २७ जनाको भेलाबाट स्थापना भएका सहकारीमा अहिले २३ हजार बढी सदस्य छन् । सदस्यहरुमा पनि ५९ दशमलव २९ प्रतिशत महिला सदस्य रहेका छन् ।

सहकारीका अध्यक्ष बमबहादुर बिसीका अनुसार हाल १२ हजार नौं सय ८८ जना महिला सदस्य छन् । १० हजार चार सय ४५ पुरुष सदस्य छन् । ५५ जना संस्थागत सदस्यसहित हाल वीरेन्द्रनगर सहकारीमा २३ हजार चार सय ८८ जना सेयर सदस्य छन् ।

सहकारीसँग हाल ४६ लाख ५० हजार आठ सय १८ रुपैयाँ नगद मौज्दात रहेको छ । बैंक मौज्दात १८ करोड ३७ लाख ४७ हजार नौं सय ८८ रुपैयाँ छ । सहकारीसँग स्थिर सम्पत्ति चार करोड ६३ लाख ४५ हजार तीन सय ८८ रुपैयाँ छ भने अन्य सम्पत्ति दुई करोड ५२ लाख ९२ हजार चार सय ३२ रुपैयाँ छ । संस्थाको हालसम्मको कुल सम्पत्ति एक अर्ब २२ करोड ९५ लाख ४३ हजार चार सय २८ रुपैयाँ छ ।

संस्थाले बैदेशिक रोजगारीमा जाने युवाहरुलाई ऋण लगानी गर्ने गरेको छ । सहकारीका सदस्य रहेका युवाहरुका लागि ऋण दिने गरिएको हो। सहकारीले हालसम्म सात जना बैदेशिक रोजगारीमा गएका सदस्यहरुलाई ४८ लाख ८१ हजार सात सय ६ रुपैयाँ ऋण दिएको अध्यक्ष बिसीले बताए ।

‘सहकारीले बैदेशिक रोजगारीमा जान चाहने सदस्यहरुका लागि ऋण लगानीको व्यवस्था गरेको छ’, उनले भने, ‘यो सुविधाले सहकारी सदस्यहरु बैदेशिक रोजगारीबाट आयआर्जन गरी जीविकोपार्जन तथा देशमा रेमिट्यान्स भित्र्याइरहेका छन् ।’

शिक्षा र कृषिमा लगानी

सहकारीले उच्च शिक्षा अध्ययनन गर्न चाहाने सेयर सदस्यका छोराछोरीका लागि पनि लगानी गर्ने गरेको छ । सेयर सदस्यका छोराछोरीहरुका लागि शैक्षिक ऋणको व्यवस्था गरिएको अध्यक्ष बिसीले बताए । हालसम्म शैक्षिक ऋण शिर्षकमा ३५ लाख २५ हजार आठ सय ६० रुपैयाँ लगानी गरिएको उनले बताए ।

यस्तै कृषि तथा पशुपालनतर्फ एक करोड ६५ लाख ६५ हजार एक सय ८१ रुपैयाँ ऋण ‘तरकारी खेती, कुखुरापालन, बाख्रापालन, भैसीपालन व्यवसायमार्फत सेयर सदस्यहरुलाई स्वरोजगार बनाउने लक्ष्य सहकारीको हो, यसले कृषि तथा पशुपालन व्यवसाय बढ्नुका साथै आयआर्जनमार्फत जीवनस्तरमा पनि सुधार आएको छ’, बिसीले भने ।

९४ करोड लगानी

चालू आर्थिक वर्षको असार १५ सम्म सहकारीले व्यवसाय शिर्षकमा ५७ करोड ८३ लाख ९६ हजार ६ सय ५९ रुपैयाँ लगानी भएको छ । यसबाट प्रदेश राजधानीमा ठूला होटल तथा थोक व्यवसाय सञ्चालन भइरहेको सहकारीले जनाएको छ ।

यही अवधिमा सहकारीले हायरपर्चेज शीर्षकमा चार करोड ४१ लाख ६८ हजार लगानी गरेको छ । लघुउद्यम शिर्षकमा दुई करोड ९८ लाख ७४ हजार ऋण लगानी गरेको छ भने युवा स्वरोजगार कोषसँगको सहकार्यमा ५८ लाख ५८ हजार दुई सय ३५ रुपैयाँ सेयर सदस्यहरुलाई लगानी गरेको छ ।

सहकारीका प्रवन्ध निर्देशक छत्र थापाले चालू आर्थिक वर्षको असार १५ सम्म विभिन्न शीर्षकमा गरेर ९४ करोड ७४ लाख पाँच हजार सात सय ६८ रुपैयाँ ऋण लगानी रहेको बताए । यस्तै बाह्य ऋण १८ करोड ७६ लाख ९३ हजार चार ३२ रुपैयाँ छ भने तिर्नुपर्ने दायित्व तीन लाख ७२ हजार सात ८८ रुपैयाँ छ ।

सदस्यलाई सामाजिक सुरक्षा

सहकारीले चालू आर्थिक वर्षमा ३६ जना सुत्केरी सदस्यहरुलाई दुई हजारका दरले ७२ हजार सुत्केरी स्याहार खर्च, १० जना मृतक सेयर सदस्यहरुलाई दुई लाख मृत्यु राहत खर्च, दुर्घटना तथा कालगतिले मृत्यु भएका तीन जना सेयर सदस्यहरुका परिवारलाई १० लाख ६५ हजार रुपैयाँ उपलब्ध गराइएको प्रवन्ध निर्देशक थापाले जानकारी दिए ।

प्रवन्ध निर्देशक थापाले सहकारीले आफ्नो २३ औं स्थापना दिवशको अवसरमा विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने चार सय ६७ जना सदस्यहरुलाई तीन लाख ४८ हजार आठ सय रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिएको, सदस्यहरुलाई बचत गर्ने बानीको विकास गराउन बचतमा विविधिकरण गरी आकर्षक प्रतिफल प्राप्त गर्ने गरी हरेक तीन/तीन महिनामा ब्याज प्रदान गर्ने गरिएको उनले जानकारी दिए ।

कर्णाली विजनेश संवाददाता

कर्णाली प्रदेशबाट प्रकाशित हुने पहिलो आर्थिक पत्रिका ‘कर्णाली विजनेश’द्वारा यो वेभ पोर्टल सञ्चालनमा रहेको छ ।

थप समाचार

लेखकबाट थप

+ There are no comments

Add yours