election-2081 News

३१ जनाको उम्मेदवारी फिर्ता, अन्यलाई निर्वाचन चिह्न प्रदान

२५ वटा राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाली कांग्रेस (विपी), नेपाली जनता दल र आम जनता पार्टीले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता नगराएको

election-2081 News

निर्वाचन आचारसंहिता लागू

आचारसंहिता लागू भएको जिल्लाका निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु/गराउनु परेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आयोगले जनाएको छ ।

election-2081 News

एकीकृत समाजवादीले उपनिर्वाचनमा गठबन्धन गर्ने

एकीकृत समाजवादीले आफ्नो सङ्गठन बलियो भएका क्षेत्रमा अन्य दलको सहयोग लिने तथा साङ्गठनिक प्रभाव कम भएको ठाउँमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने नीति लिएको हो ।

election-2081 News

महावु बाहेक कर्णालीका सबै स्थानमा एमालेले उम्मेद्वार टुंग्यायो

एमालेले मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो । एमाले केन्द्रीय सचिवालय बैठकले शनिबार प्रदेश र जिल्ला कमिटीले गरेको सिफारिसलाई अनुमोदन गर्दै उम्मेदवार टुंग्याएको जनाएको छ ।

election-2081 News

जाजरकोटमा उपनिर्वाचनका लागि कांग्रेसका उम्मेदवार छनोट

नलगाड नगरपालिकामा एमालेले उपप्रमुखमा सुनिता बोहरालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले हालसम्मा आफ्नो उम्मेदवारको नाम छनोट गरेको छैन ।

election-2081

कांग्रेसद्वारा उपनिर्वाचनका लागि कर्णालीमा जीवन परियारलाई जिम्मेवारी तोकियो

नेपाली कांग्रेसले आगामी मंसिर १६ मा स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनको तयारी सम्बन्धमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन पार्टीका पदाधिकारी र सदस्यलाई विभिन्न जिम्मेवारी निर्धारण गरेको छ ।

election-2081

कर्णालीका पाँच स्थानमा उपनिर्वाचनको तयारी

कर्णाली प्रदेशअन्तर्गत नगरपालिका उपप्रमुख–एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष–एक र वडाअध्यक्ष– पाँच स्थानमा उपनिर्वाचन हुँदैछ ।