Category: Multimedia
पर्यटकीयस्थल खटाङ
सुर्खेतको गुर्भाकोट नगरपालिका–८, मेहेलकुना क्षेत्रमा भेरी नदीले चारैतिरबाट घेरेको पर्यटकीयस्थल खटाङ क्षेत्र ।
धान थन्क्याउने चटारो
वीरेन्द्रनगर नगरपालिका ३ मसुरिखेतमा थ्रेसरको सहायताले धान झार्दै किसान । तिहार सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो छ ।
रुकुम पश्चिममा असिना पानी
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ स्थित नुवाकोटमा परेको असिना पानी । जिल्लाको विभिन्न ठाउँमा सोमबार असिना परेको छ । (तस्बिर: परिचन्द्र खत्री)
मार्सीधान थन्क्याउदै किसान
जुम्लाको तातोपानी गाउँपालिका–१, राँकाका किसान लठ्ठीको सहायताले खेतमा मार्सीधान झाँदै । यति बेला यहाँका किसानलाई धान घर भित्र्याउन चटारो परेको छ ।
बजार लैजान व्यवस्थापन गरिएको जुम्लाको स्याउ
जुम्लाकोे तिला गाउपालिका–२ मा व्यापारीले संकलन गरेर बजार ल्याउन व्यवस्थापन गरी राखेको स्याउ । यहाँको स्याउ सुर्खेत, काठमाडौँलगायतका बजारमा बिक्री गरिन्छ । (तस्बिरः विजय रावत/रासस)
तरकारी बिक्री
दाङको घोराही उपमहानगरपालिका–१४ स्थित, झिङौरामा चार वर्षको छोरालाई ठेलामै सुताएर तरकारी बिक्री गर्न हिँडेका सल्यान कालिमाटीका विजय बिक । (तस्बिरः कुलदीप न्यौपाने/रासस)
डोल्पाको ‘राक्षस ताल’
डोल्पाको जगदुल्ला गाउँपालिकास्थित राक्षस ताल । तीर्थयात्राको क्रममा यो तालमा नुहाउन नहुने र फर्केर पनि हेर्न नहुने धार्मिक मान्यता रहेको छ । यो ताल पानको पात आकार जस्तै देखिने भएकाले पछिल्लो समय ‘माया’ तालको समेत उपमा दिन थालिएको छ । । तस्बिरः रामचन्द्र न्यौपाने/रासस