संसार भरी छरिएर रहेका करोडौंँ कम्प्यूटरहरूबीचको सञ्जाललाई इन्टरनेट भनिन्छ । यि कम्प्यूटरहरू एकआपसमा विभिन्न माध्यम, जस्तै, धातुका तार, फाइबर अप्टिक तार, तारबिहिन (वायरलेस) प्रविधिबाट जोडिएका हुन्छन् । यि कम्प्यूटरहरू बिच सुचना आदान् प्रदान् गर्न विभिन्न प्रोटोकलहरू प्रयोग भएका हुन्छन् । प्रोटोकल त्यो नियम हो जसले भिन्न प्रकारका हार्डवेयरलाइ एकै प्रकारको सेवा सञ्चालन गर्न निर्देश गर्छ ।
कुनै पनि सञ्जाल चल्नलाई त्यसमा भएका कम्प्युटरहरू कुनै माध्यमबाट एक आपसमा जोडिएको हुनुपर्छ । ‘टिसिपी आईपी’ प्रोटोकोलको प्रयोगले कम्प्यूटरहरू एक आपसमा सुचना आदान् प्रदान् गर्ने गर्छन् । प्रोटोकोल भन्नाले एउटा कम्प्युटरदेखि अर्को कम्प्यूटरसम्म जस्ताको तस्तै सूचनाहरू पठाउनको लागि दुवै तिर के–कस्तो प्रक्रिया गर्नु पर्ने हुन्छ सो को सिलसिलेवार प्रारूप हो । इन्टरनेटको यस्तो प्रारूप एक खुल्ला प्राविधिक मापदण्डमा आधारित भएको र कसैको प्रतिलिपि अधिकारमा नपारिएकोले इन्टरनेटसम्बन्धी उपकरण तथा प्रविधि विकास गर्ने जो कोहिले पनि अनुसरण गर्न र प्रयोग गर्न सक्छन् । यसले गर्दा जोसुकैले बनाएको भए पनि इन्टरनेटको लागि बनेका उपकरण तथा प्रोग्रामहरु बिना कुनै कठिनाइ चल्ने गर्दछन् । यसले गर्दा पनि इन्टरनेटको व्यापक विकास र विस्तार सम्भव भएको छ ।
सञ्जाल चलाउनलाई विभिन्न बिद्युतिय उपकरणहरूको प्रयोग हुन्छ जस्तै राउटर, स्विच, इथर्नेट कार्ड इत्यादि । माथी उल्लेख गरिए जस्तै यी सबै उपकरणहरू इन्टरनेट मापदण्ड र प्रोटोकोल अनुरुप काम गर्ने गरी निर्माण भएका हुन्छन् । सञ्जालमा एकले अर्कोलाई छुट्टयाउनलाई आइपी ठेगानाको प्रयोग हुन्छ । सञ्जालमा रहेका हरेक कम्प्यूटरको आ–आफ्नो अद्वितिय आइपि ठेगाना हुन्छ । टेलिफोन नम्बर हुलाक ठेगाना, पत्रमञ्जुषा नम्बर आदि जस्तै इन्टरनेटको यो आइपि ठेगाना पनि एउटा कम्प्यूटरिक्रित संख्या हो जसमा ३२ वटा दुइमलव (बाइनरी) अंक रहन्छन् । यसलाई आइपी संस्करण ४ पनि भनिन्छ । बढ्दो नेटवर्क संजाल र अद्वितिय ठेगाना दिनुपर्ने उपकरणको बढ्दो संख्याले गर्दा उक्त ठेगाना पद्धतिबाट मात्र सवैलाई ठेगाना दिन नपुग्ने भएकोले आइपी संस्करण ६ को पनि विकास भएको छ जसमा ३२ को सट्टा १२८ वटा अंक हुन्छन् । यसवाट प्रशस्त ठेगानाहरु प्राप्त हुन्छन् । तथापी इन्टरनेटमा प्रयुक्त पुराना उपकरण तथा कम्प्युटरहरूमा सो नया ठेगानाको लागि आवश्यक प्रावधान नरहेकोले सोको अपेक्षाकृत व्यापक प्रयोग हुन बढी समय लागिरहेको छ । सूचनाहरुलाई द्रुत गतिमा केन्द्रिकरण तथा विकेन्द्रिकरण गर्न सक्ने यसको प्रमुख विशेषता हो । इन्टरनेट अवरोध (इन्टरनेट आउटेज) ले ठूला–ठूला व्यावसायिक कार्य ठप्प भइदिन्छन् । त्यस हिसाबले मानिसको प्रत्यक्ष जीवनमा समेत यसको ठूलो प्रभाव छ ।
कर्णालीमा इन्टरनेटको पहुँचको अवस्था
कर्णालीमा इन्टरनेट प्रयोगको अवस्थालाई हेर्दा जिल्लागत हिसाबले सबै भन्दा बढी इन्टरनेट प्रयोग गर्ने घरधुरी संख्या सुर्खेतमा ३६५०५ रहेको तथ्याङ्कले देखाउँदछ । सबै भन्दा कम हुम्ला जिल्लामा ३९७ घरधुरी रहेको छ । यस तथ्याङ्कलाई हेर्दा कर्णाली प्रदेशका १० जिल्लामा इन्टरनेटको पहुँच विस्तार तिब्र गतिमा भइरहेको छ । जसअनुसार सबैभन्दा बढी सुर्खेतमा ४९ प्रतिशत, सल्यानमा २१ प्रतिशत, दैलेखमा ९ प्रतिशत, जाजरकोट र रुकुमपश्चिममा ६–६ प्रतिशत, कालिकोटमा ४ प्रतिशत, डोल्पामा १ प्रतिशत, जुम्लामा ३ प्रतिशत र हुम्ला र मुगुमा १—१ प्रतिशत घरधुरीका नागरिकहरु इन्टरनेटको पहुँचमा भएको राष्ट्रिय जनगणना २०७८ ले देखाएको छ ।
इन्टरनेटका मुख्य सेवा प्रदायक कम्पनी
नेपाल टेलिकम
नेपाल टेलिकम सरकारी स्वामित्व रहेको एउटा दुरसञ्चार सेवा प्रदायक कम्पनी हो । हालसम्म यसका कर्णालीका सबै जिल्लामा कार्यलय स्थापना भएका छन् । यस कम्पनीले इन्टर नेटमा दिँदै आइरहेको सेवामा फाइवर नेट र मोबाइल डाटा रहेको छ । हालसम्म हुम्ला जिल्लाको सदरमुकामबाहेक नेपाल टेलिकमले कर्णालीका ९ जिल्लाका सदरमुकामसम्म फाइवर पुगेको जनाएको छ । फाइवर इन्टरनेटको छिटो र भरपर्दो प्रविधि हो । मोबाइल डाटाको सबै जिल्लामा पहुँच पुगेको छ ।
वर्डलिंक कम्यूनिकेसन लिमिटेड
वर्डलिंक कम्पयूनिकेसन लिमिटेडले कर्णालीलाई डिजिटल वनाउनमा आफ्नो मुख्य भूमिका रहेको कम्पनीका प्रदेश प्रतिनिधी कुलमान पुलामीले बताए । जस अनुरुप इन्टरसेवामा सबै भन्दा बढी प्रयोग कर्ता वर्डलिंकको रहेका छन । कर्णालीका सबै जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ । प्रदेशका हुम्ला, डोल्पा र मुगु बाहेकका ७ जिल्लामा फाइवर सेवा विस्तार गरेको छ । वर्डलिंक कम्प्यूनिकेशनका जिल्लागत सबै भन्दा बढी सुर्खेतमा प्रयोग कर्ता रहेका छन सुर्खेतमा यसको फाइवर नेट मात्र रहेको छ ।
टेकमाइन्ड नेटवर्क प्रा.लि.
कर्णाली प्रदेशमा अर्को एउटा इन्टरनेट सेवा प्रदायक कम्पनी रहेको छ टेकमाइन्ड । यसले नेपाल दुरसञ्चार प्राधिकरणको ग्रामिण दुरसञ्चार परियोजनामा सेवा प्रदायक कम्पनीको रुपमा कार्य गरेको छ । टेकमाइन्डको मुख्य सेवाको रुपमा वाइरलेस नेटवर्क रहेको छ ।
कर्णालीका सबै स्थानीय तहमा इन्टरनेटको पहुँच
कर्णालीका १० जिल्लाका ७९ वटा स्थानिय तहमा इन्टरनेटको पहुँच पुगेको छ । त्यसको गुणस्तर र सबै सर्वसाधारणको पहुँचको छ छैन कुरा त छुटै वहसको विषय वन्ला तर नेपाल दुरसञ्चार प्रधिकरणको ग्रामिण दुर सञ्चार परियोजना अन्र्तगत रहेर सबै स्थानिय तहमा इन्टरनेटको सुविधा सुचारु गरिएको नेपाल दुरसञ्चार प्राधिकरणले डिजिटल कर्णाली कनक्लेभमा प्रस्तुत प्रतिवेदनमा जनाएको छ । जस अनुरुप कर्णालीका जम्मा ७०१ वटा वडा कार्यालय, ५१६ वटा सामूदायिक विद्यालय र ४११ वटा सामूदायिक स्वास्थ केन्द्रमा इन्टरनेटको जडान गरिएको छ । इन्टरनेट जडान गर्ने कार्यको जिम्मेवारी टेकमाइन्ड नेटवर्क प्रा.लि. र वर्डलिंक कम्यूनिकेशन लिमिटेडले लिएका थिए ।
के हो फाइवर अप्टिक्स ?
फाइवर अप्टिक भनेको शिशा वा प्लास्टिकबाट वनेको हुन्छ । फाइवर अप्टिक सानो मसिनो मानिसको कपाल बराबर को हुन्छ । त्यही कोर तारमा प्रकाशको माध्यमबाट तथ्याङ्क प्रसारण हुने गर्दछ । प्रकाशको माध्यमबाट तथ्याङ्क बग्ने भएकाले यो प्रकारको पद्धती दु्रत गतिको हुने गर्दछ । विश्व विस्तारै फाइवर अप्टिक जडानतर्फ अघि बढि रहेको छ । फाइवर अप्टिक जडान प्रक्रिया भइ सके पछि त्यसको मुख्य तार व्रेक नभए सम्म अन्य कुनै कारणले इन्टरनेटमा बाधा आउने सम्भावना कम रहन्छ । प्रविधि लागतको हिसाबले यो प्रविधि अन्य भन्दा महंगो छ ।
स्याटेलाइट इन्टरनेटको सम्भावना
भौगोलिक बनावटले पहाडी भु–भाग भएको कर्णाली भुगोलको बनावट अनुसार स्याटेलाइट इन्टरनेटको प्रयोगको सम्भावना देखिन्छ । यस्तो प्रकारको प्रविधिमा इन्टरनेट व्यान्डवित सिधै स्याटेलाईटबाट सम्बन्धित स्थानको छातामा जडान गरिन्छ । यसो हँुदा इन्टरनेट सेवामा बाधा अवरोध नुहुने, इन्टरनेट सेवा निरन्तर रुपमा सुचारु हुने गर्दछ । प्रविधिको हिसाबले यो अलि महंगो हुने भए पनि गुणस्तर र निरन्तरताको लागि कर्णालीमा यसको आवश्यकता रहेको बताउँछन क्यासिफिक र्वोडव्याण्ड स्याटेलाइटका नेपाल प्रतिनिधी प्रदिप पनहौर । यदि जुन स्थानमा यसको स्टेसन निमाण गरिन्छ त्यो क्षेत्रमा प्रयोग कर्ता धेरै भएमा यसको खर्च बाँडेर चलाउँदा सजिलो हुने उनले बताए । कर्णालीको हुम्ला जिल्लाको सोरु गाउँपालिकाले यसको प्रयोग गरेको छ । गाउँपालिकाको सूचना तथा सञ्चार प्रविधि अधिकृत एलिशा शाहीले स्याटेलाइट इन्टरनेट गुणस्तरीय र भरपर्दो भएको बताइन् ।
+ There are no comments
Add yours