गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ ।
विभिन्न जिल्ला प्रशासन कार्यालय र इलका प्रशासन कार्यालयहरुमा कार्यारत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा समेत भएको छ ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटमा नेत्र प्रसाद शर्मालाई सरुवा गरिएको छ । उनी यसअघि इलाका प्रशासन कार्यालय, रौतहटमा कार्यरत थिए । यसअघि जाजरकोटको प्रमुख जिल्ला अधिकारी रहेका उमाकान्त अधिकारीलाई गृह मन्त्रालय सरुवा गरिएको छ ।
भक्तपुर र ललितपुरमा पनि प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । भक्तपुरमा यसअघि डोटीमा प्रमुख जिल्ला अधिकारी रहेका गोपालप्रसाद अर्याल आएका छन् । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद जोखिम न्युनीकरण प्राधिकरणका सरुवा गरिएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ भने ललितपुरमा रमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
हेर्नुस्, सूची कसको काहँ भयो सरुवा ?
+ There are no comments
Add yours