स्थानीय सेवा ऐन कार्यान्वयन गर्न निर्देशन

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशले स्थानीय सेवाको गठन, संञ्चालन र सेवाको सर्तसम्बन्धी ऐन २०८१ कार्यान्वयनको लागि स्थानीय तहलाई निर्देशन दिएको छ ।

कार्यालयले एक पत्र लेख्दै केही दिनअघि मात्र प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रदेश राजपत्रमा प्रकाशित स्थानीय सेवा ऐनलाई कार्यान्वयन गर्नको लागि कर्णालीका सबै स्थानीय तहलाई पत्र मार्फत निर्देशन दिएको हो ।

ऐनमा व्यवस्था भएका स्तर वृद्धि, सातौँ तथा पाचौँ तह कायम गर्ने, कामकाजमा आएका कर्मचारीको पदस्थापन गर्ने, बढुवा गर्ने लगायतका व्यवस्थाको कार्यान्वयन गर्न निर्देशन गरिएको छ ।

उल्लेखित कुराहरू ऐन अन्तर्गत बन्ने नियमावलीमा रहने व्यवस्था समेतका आधारमा गर्नुपर्ने भएकाले सोही बमोजिम गर्न, गराउन समेत मुख्यमन्त्री कार्यालयले अनुरोध गरेको छ ।

कर्णाली विजनेश संवाददाता

कर्णाली प्रदेशबाट प्रकाशित हुने पहिलो आर्थिक पत्रिका ‘कर्णाली विजनेश’द्वारा यो वेभ पोर्टल सञ्चालनमा रहेको छ ।

थप समाचार

लेखकबाट थप

+ There are no comments

Add yours