पराल बोकेको ट्रक दुर्घटनामा मृतकको संख्या चार पुग्यो


सल्यानमा मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा ट्रक चालक २४ वर्षीय मानबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

चालक भण्डारीको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा सोमबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।

सोमबार नै १४ वर्षका गोवद्र्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १३ वर्षीया सिर्जना बस्नेतको मृत्यु भएको थियो । दुई जनाको घटनास्थलमै र एकजनाको बाटोमा मृत्यु भएको थियो ।

यस्तै दुर्घटना परी अन्य आठ जना घाइते भएका थिए । घाइते हुनेमा खुमा १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत र ३५ वर्षीय देव बहादुर बस्नेतको नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको छ भने १७ वर्षीय जित सागर बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको खत्रीले बताए ।

अन्य सहचालक १८ वर्षीय रोनक भण्डारी,२२ वर्षीय हिक्मत पुन, २९ वर्षीय शंकर खड्का र १७ वर्षीय सञ्जिव बस्नेत उपचार पश्चात डिस्चार्ज भइसकेको उनले बताए ।

सल्यानको कपुरकोट गाउँपालिका ६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको रा १२ ख २४०२ नम्बरबको मिनीट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटनामा परेको थियो । बाटोमा रहेको रुखलाई बचाउन लाग्दा गाडी सडकबाट १ सय ५० मिटर तल खसेको थियो ।

कर्णाली विजनेश संवाददाता

कर्णाली प्रदेशबाट प्रकाशित हुने पहिलो आर्थिक पत्रिका ‘कर्णाली विजनेश’द्वारा यो वेभ पोर्टल सञ्चालनमा रहेको छ ।

थप समाचार

लेखकबाट थप

+ There are no comments

Add yours