आगामी मंसिरमा देशैभरका स्थानीय तहमा ३९ पदमा उपनिर्वाचन हुदैछ । यस मध्य कर्णाली प्रदेशमा पनि उपनिर्वाचन हुनेछ ।
कर्णाली प्रदेशअन्तर्गत नगरपालिका उपप्रमुख–एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष–एक र वडाअध्यक्ष– पाँच स्थानमा उपनिर्वाचन हुँदैछ ।
जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा दैलेखको दुल्लु नगरपालिका–१३, कालिकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुसे गाउँपालिका–७, डोल्पाको त्रिपुराुन्दरी नगरपालिका–५, रुकुमश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
आगामी मंसिर १६ गते ३१ जिल्लाका विभिन्न स्थानीय निकायमा उपनिर्वाचन हुँदैछ । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले रिक्त ३९ पदमा उपनिर्वाचन हुने भएको हो ।
नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढि पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पद पूर्ति हुने व्यवस्था छ ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । मतदान मंसिर १६ गते बिहान ७ देखि ५ बजेसम्म हुने आयोगले जनाएको छ ।
यस अघि कसको पक्षमा कहाँ ?
जाजरकोटको नलगाड नगरपालिका, उपप्रमुखमा कांग्रेस
२०७९ को स्थानीय तह निर्वाचनमा नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार सरिता सिंह निर्वाचित भएकी थिइन् । उनले कुल पाँच हजार चार सय ६ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांक छ । त्यसैगरी अन्य उम्मेद्वारहरु नेकपा एमालेका सुनिता बोहोराले तीन हजार तीन सय ९३, स्वतन्त्र उम्मेद्वार शुसिलाकुमारी शाहीले ९४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार डम्मरकुमारी बानियाँले ४८ मत ल्याएका थिए ।
दैलेखको महावु गाउँपालिका, अध्यक्षमा कांग्रेस
महावु गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार लछुमन गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा गुरुङले कुल दुई हजार नौं सय ७९ मत प्राप्त गरेका थिए । त्यसैगरी नेकपा एमालेका हरिप्रसाद उपाध्यायले दुई हजार पाँच सय १९, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का जंगबहादुर शाहीले दुई हजार दुई सय ६८, नेपाल मजदुर किसान पार्टीका वमबहादुर सिंहले ५८, स्वतन्त्र उम्मेदवार बिष्णुकुमार बुढाले २२, राष्ट्रिय प्रजातन्त्र पार्टीका रजबहादुर सिहले १५ र अर्का स्वतन्त्र उम्मेदवार दिनेशबहादुर सिहले एक मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांक छ ।
हुम्लाको सर्केगाड गाउँपालिका, उपाध्यक्षमा माओवादी केन्द्र
सर्केगाडमा नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्रसिह कार्की पालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । पालिका उपाध्यक्षको अर्का उम्मेदवार नेकपा एमालेका जुनकुमारी फडेराले एक हजार ६४ मत प्राप्त गरेकी थिइन् ।
वडा अध्यक्षमा एमाले र माओवादी केन्द्र दुई–दुई
स्थानीय तहको उपचिर्वाचन, २०८१ मा दैलेख, कालीकोट, जाजरकोट, डोल्पा र रुकुमपश्चिम जिल्लाहरुमा निर्वाचन हुनेछ । यि जिल्ला मध्य दैलेखको दुल्लु नगरपालिका–१३ मा वडा अध्यक्षको पदका लागि निर्वाचन हुने आयोगले जनाएको छ ।
दुल्लु नगरपालिका–१३ को वडा अध्यक्ष पदमा यसअघि नेकपा एमालेका विर्खबहादुर शाही निर्वाचित भएका थिए । उनले कुल आठ सय २२ मत प्राप्त गरेका हुन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका डम्मरबहादुर शाहीले सात सय ७३, नेकपा एकिकृत समाजबादीका भीमप्रसाद शर्माले ३६ र नेपाल मजदुर किसान पार्टीका मधुुसुदन शर्माले ११ मत प्राप्त गरेको तथ्यांक छ ।
त्यसैगरी कालिकोटको तिलागुफाा नगरपालिका–४ मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार परबहादुर शाही दुई सय ३४ मतका साथ वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । यस वडामा अन्य उम्मेदवारहरु नेपाल मजदुर किसान पार्टीका दिपबहादुर शाहीले एक सय ६१, नेकपा एमालेका धनसरा शाहीले चार र नेपाली कांग्रेसका मलेबहादुर शाहीले तीन मत प्राप्त गरेका थिए ।
जाजरकोटको कुसे गाउँपालिका–७ मा मनबहादुर घर्ती तीन सय ८० मतका साथ वडा अध्यक्ष पदमा निर्वाचित थिए । अन्य उम्मेदवारहरुः नेपाली कांग्रेसका खब्मबहादुर सिँह तीन सय १८ र नेकपा एमालेका प्रसाद सिंहले एक सय ४८ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांक छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा वडा अध्यक्षका लागि चार जना उम्मेदवार थिए । नेकपा एमालेका नन्दलाल रोका एक सय आठ मतका साथ विजयी भए, नेकपा माओवादी केन्द्रका जंगबहादुर रोकायाले एक सय दुई, नेपाली कांग्रेसका नरबहादुर झाक्रीले ८२ र स्वतन्त्र उम्मेदवार डिलबहादुर रोकायाले एक मत प्राप्त गरेका थिए ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाअध्यक्षका लागि दुई जना मात्र उम्मेदवार थिए । नेपाली कांग्रेसका अलबहादुर खत्रीले चार सय ६३ मत प्रात गर्दै वडा अध्यक्ष पदमा निर्वाचित धभएका थिए । अर्का उम्मेदवार नेकपा माओवादी केन्द्रका तिर्थबहादुर खत्रीले चार सय ३४ मत ल्याएका थिए ।
+ There are no comments
Add yours