स्थानीय बजारमा शुक्रबार अर्थात् साताको कारोबारको अन्तिम दिन सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तीन सय रुपैयाँ घटेर एक लाख ४४ हजार सात सय रुपैयाँ कायम भएको हो ।
तेजाबी सुन तोलामा एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य शुक्रबार तोलामा एक हजार सात हजार ३० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चाँदीको मूल्य तोलामा एक हजार सात सय ५० रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
+ There are no comments
Add yours